सिड्नी- अस्ट्रेलियाका आपत्कालीन निकायहरूले देशको पूर्वी तटीय भागमा 'भीषण' बाढी आउने सक्ने चेतावनी दिएका छन्।
सिड्नीमा एक सय एमएमसम्म वर्षा हुने अनुमान गरिएको छ भने सहरको पश्चिमी क्षेत्र ब्लु माउन्टेनमा भने ३ सय एमएमसम्म वर्षा हुने पूर्वानुमान छ। वर्षापछि बाढी आउने भएकाले सुरक्षित स्थानमा सार्ने काम भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ।
न्यू साउथ वेल्सको बाढीमा परेका दर्जनौँ मानिसहरूलाई उद्धार गरिएको र त्यहाँका बासिन्दालाई घर छोडेर सुरक्षित स्थानमा जान निर्देशन दिइएको समाचार बिबिसीले प्रकाशन गरेको छ।
सयौँ मानिसलाई सिड्नीको उत्तरी क्षेत्रको खाली स्थान (इभ्याकुएसन सेन्टर)मा ल्याउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।
सिड्नीका मुख्य सडकहरू बन्द भएका छन्। सिड्नीका लागि पानीको मुख्य स्रोत वारागाम्बा ड्यामबाट पानी ओभरफ्लो हुन थालेको छ। सन् २०१६ यता यो ड्याममा पानीको ओभरफ्लो भएको यो पहिलोपटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।