काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो यसअघि एमाले र माओवादीको मुख्यालय रहेको धुमबाराही र पेरिसडाँडा जाने भएका छन्।
एमाले र माओवादी केन्द्रले बिहीबार पार्टी एकीकरण गरेपछि अध्यक्षद्वयले पुरानो पार्टी कार्यालयको अवलोकन गर्न लागेका हुन्। तत्कालका लागि एमालेको मुख्यालय रहेको धुमबाराही कार्यालयलाई केन्द्रीय कार्यालय र माओवादीको कार्यालय पेरिसडाँडालाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने नेकपाको तयारी छ।
यस्तै, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले धुमबाराहीस्थित कार्यालयमा पुगी आज कार्यभार सुरु गरेका छन्। उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरुले स्वागत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।