काठमाडौं– नेपाल राष्ट्रिय मारवाडी सेवा समाजका पवन मित्तलले मारवाडीलाई हेर्ने नजर अझै नफेरिएकाे बताएका छन्। प्रधानमन्त्री केपी ओली शर्माले आयोजन गरेको उद्योगी व्यवसायीहरुसँगको भेटघाट कार्यक्रममा उनले मारवाडी पनि नेपाली नै भएकाेले हेर्ने नजर फर्नुपर्ने बताए।
‘२०० वर्षदेखि मारवाडीले उद्योग व्यवसाय गर्दै आइरहेको। प्रधानन्त्री केपी शर्मा ओली र सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सफलतामा पुर्याउन निजी क्षेत्रकै भूमिका छ। कोभिडमा आफ्नो व्यवसाय चलाउने भन्दा हामीले बाहिर निस्किएर सेवा गर्यौं,’ उनले भने, ‘तर हामीलाई अझै पनि नेपाली नागरिकको रुपमा हेरिएको छैन। यो परिर्वतन हुन आवश्यक छ।’
उनले नेपालमा उद्योग व्यवसाय गर्दै आएका मारवाडी समुदायको बाहिर सम्पत्ति नभएको समेत बताए छन्।
‘हाम्रो देश नेपाल हो। हामी नेपाली हौं। हाम्रो सबै सम्पत्ती यहीँ छ, व्यवसाय यहीँ गरेका छौं। हामीलाई कहिल्यै राष्ट्रवादी नेपाली मानिएन। हामीलाई नेपालीकै रुपमा हेरिनुपर्यो। राज्यले हामीलाई राम्रोसँग सम्बोधन गरिदिनुपर्यो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।