काठमाडाैं- म्यानमारका सुरक्षा बललाई हिंसा अन्त्य गर्न आह्वान गरिरहेका नौ इन्डोनेसियाका नागरिकको हत्या भएको छ। मध्यवर्ती शहर आङ्गबानमा प्रदर्शनकारीले गरेकाे अवरोध हटाउन खोज्दा सुरक्षा फौजले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ।
‘आठजनाको घटनास्थलमै मृत्यु भएको हो, एक घाइतेको शहर नजिकैको काला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो,’ एक सुरक्षाकर्मीले भने।
प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीहरुको भिड्लाई हटाइरहेको बेला सुरक्षा फौजले गोली चलाएको हो। ‘उनीहरु अवरोधहरू हटाउन आएका थिए तर, प्रदर्शनकारीहरुले प्रतिरोध गरे। नजिकै रहेका सुरक्षा फौजले भिड तितरबितर बनाउन उनीहरूमाथि गोली प्रहार गरे,’ पहिचान लुकाएर एक प्रत्यक्षदर्शीले टेलिफोनमा भने।
यता सेनाले भने बल प्रयोग नगरेको दावी गर्दै आएको छ। ‘सुरक्षा बलले आवश्यक परेको बेलामा बल प्रयोग गरेको छ। यो आलोचकहरूले चलाएको हल्ला मात्रै हो, ब्रिगेडियर जनरल जा मिन तुनले भनेका छन्।
उत्तर पूर्वी शहर लोइकावमा एक प्रदर्शनकारीको मृत्यु भएको म्यानमार नाउले जनाएको छ। यता योङ्गुनमा एक व्यक्तिलाई गोली हानेर हत्या गरेको दावी गरिएको छ। तर, घटनाको पुष्टि हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।