काठमाडाैं- प्रधानमन्त्री केपी ओली शर्माले विदेशबाट सामान आयात गरेर बेच्नेलाई व्यापारी तथा व्यवसायी भन्न नसकिने बताए छन्। उद्योगी व्यवसायीसँगको भेटघाट कार्यक्रममा उनले सामान आयात गरेर बेच्नेलाई व्यापारी नमान्ने अभिव्यक्ति दिएका हुन्।
‘आयात गर्नेलाई म खास व्यापार मान्दिनँ। म पनि चाम किनेर खान्छु के म व्यवसायी भएँ? के किनेर खाँदा व्यवसायी हुन्छ। गाडी किनेर कुदाउँछु भने म उपभोक्ता हो, व्यापार भनेको निर्यात गर्ने र यही उपभोग गर्ने उत्पादन गर्ने कुरा हो,’ प्रधानमन्त्री ओलीले भने।
निर्वाचनकाे क्रममा बनाएकाे घोषणपत्र बिर्सिएको भन्ने व्यापारीकाे आराेपसमेत उनले खण्डन गरेका छन्। ‘हामीले घोषणापत्रमा लेखेको कुरा बिसिएको छैनाैं। जहाँ पुगिन्छ त्यही पुगिन्छ भनेर हिँडेकाे छैनाैं। हामी टार्गेट निर्धारण गरेर अगाडि बढिरहेका छाैं, उनले भने।
उनले आफ्नाे सरकार अहिलेपनि सम्बृद्ध नेपाल सुखी नेपाली अभियानमा नै रहेको समेत दावी गरे।
‘तपाईहरुले मागेको विजुली दिन सकेका छनौं, त्यसका लागि ट्रान्समिसन लाइन बनाइरहेका छौं। मागे अनुसार व्यवसायीलाई बत्ति दिन सकेका छनौं, उत्पादन बढाएर खपत बढाउछौं। त्यसका लागि ट्रान्समिन लाइनहरु बनाइरहेका छौं। यो विकास पनि हो, उत्पादन हो,’ प्रधानमन्त्री ओलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।