काठमाडाैं- प्रधानमन्त्री केपी ओली शर्माले सवारी आयातमा लगाउँदै आएको कर तथा राजस्वका दर नघटने बताएका छन्। शुक्रबार उद्योग व्यवसायीहरुसँगको भेटघाट कार्यक्रममा उनले कर तथा राजस्वका दर नघटने बताएका हुन्।
भेटघाट कार्यक्रममा व्यवसायीले सवारी आयातमा लगाउँदै आएको करको दर बढी भएको गुनासो गरेका थिए। उक्त गुनासा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आयात गर्नेहरुले मिलेर यहीँ सवारी उत्पादन गर्ने उद्योग खोलेमा सरकारले खुलेर सहयोग गर्ने बताए।
‘यहीँ सवारी उत्पादन उद्योग खोले पछि बढी सहुलियत दिन्छौं। त्यसले आयात रिप्लेस गर्छ। हाम्रो डलर बचत हुन्छ। देशको बचत सकारात्मक हुन्छ,’ उनले भने, ‘यति गर्दा त सडकमा खाँदा खाँदा गाडी गुडिरहेका छन्। त्यसमा पनि डाउन पेमेन्ट कम गर्ने हो भने त सडकमा गाडी कुद्न सक्ने अवस्था हुँदैन।’
देशमै उद्योग खोल्न कानूनमा सहजिकरण गर्दिनेसमेत व्यवसायीहरुलाई प्रधानमन्त्री ओलीले आश्वासन दिए।
‘रोजगारी दिने उद्योग दिने उद्योग खोल्नुहोस्, त्यसमा सरकारको सहयोग हुन्छ। तपाईहरुले निर्यात गर्ने सक्ने उद्योग खोल्न कानूनमा के गर्नु परो? के संशोधन गर्नु पर्याे? विधेयक ल्याउन परे वा अध्यादेश ल्याउन परे सबै सरकारले गर्छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।