• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नराम्रो व्यवहार गर्नेहरु शिक्षित नै हुन्छन्

64x64
पुष्पा केसी शनिबार, चैत ७, २०७७  ०७:०६
1140x725
तस्बिर: निमेषजंग राई/नेपाल लाइभ

काठमाडौं-

घटना १:
नियमित जस्तै अफिस हिँड्ने क्रममा राइडर शोभाले पठाओको एप्स अन गरिन्। तत्कालै ‘रिक्‍वेस्ट’ आइहाल्यो। उनले रिक्‍वेक्स्ट ‘एसेप्ट’ गरिन्। ग्राण्डी अस्पतालनजिकैको विद्याकुञ्‍ज स्कूल छेउबाट रिक्‍वेस्ट पठाउने व्यक्तिलाई फोन गरिन्। र, ती व्यक्तिको ‘लोकेसन’तर्फ मोडिइन्।

‘विद्याकुञ्‍जको बाँयाबाट मोडिएर चर्च भएको ठाउँमा आउनु भन्‍नुभयो। चर्च भएको ठाउँमा पुगेर पूरै राउण्ड हानेँ, तर भेटिनँ। फेरि फोन गरेँ। पछि उहाँले मिलनटोलबाट भित्र छिर्नु भन्‍नुभयो,’ लोकेसन भेट्टाउन भोगेको दु:ख उनले सुनाइन्, ‘सुरूमै सही लोकेसन दिएको भए त्यसरी घुम्‍नुपर्ने थिएन।’

दुई मिनेटको बाटोमा पाँच-सात मिनेट बितिसकेको थियो। समयमा अफिस पुग्‍नुपर्ने हतारो पनि उत्तिकै थियो उनलाई। 

‘पछि उहाँले भनेको लोकेसनमा पुगेँ। छोरालाई कान्ति अस्पताल लैजानुपर्ने रहेछ। छोराले हत्तपत्त ब्याग स्कुटरमा राखे। तर, जसले बोलाउनुभएको थियो, उहाँ चाहिँ मोबाइल खेलाएर बसिराख्‍नुभयो,’ शोभाले भनिन्।

ती व्यक्तिले शोभालाई देख्‍नासाथ अस्वाभाविक व्यवहार देखाए। आफूसँग जान आनाकानी गरेको महसुस शोभाले गरिन्। यद्यपि, ढिला भयो, जाउँ न भन्दै उनले अनुरोध गरिन्। तर, ती व्यक्ति त उठेर घरभित्र पो छिरे। लगत्तै एक महिला बाहिर आएर भनिन्, ‘यस्तो स्कुटर रहेछ! उहाँ जानुहुन्‍न रे।’

त्यसपछि शोभाले रिक्‍वेस्ट क्यान्सिल गर्न लगाइन्, र खाली नै फर्किइन्।

Ncell 2
Ncell 2
nimb
nimb

घटना २:
शोभा गंगालाल अस्पतालनजिकै थिइन्। त्यहीँ अगाडिको एक रेस्टुरेण्टबाट रिक्‍वेस्ट आयो। उनले रिक्‍वेस्ट एसेप्ट गरिन्। फोन गरेर आफू रेस्टुरेण्टको ठीक अपोजिट साइटमा भएको जानकारी दिइन्।

‘उहाँ दुई तला माथि हुनुहुँदो रहेछ। झ्यालको पर्दा हटाएर कहाँ हुनुहुन्छ? भन्‍नुभयो। मैले हात हल्लाएँ,’ उनले भनिन्। 

हात हल्लाएको देखेपछि ती व्यक्तिले शोभालाई चिनिहाले। तर, शोभासँग जान तयार भएनन्। 

‘उहाँहरू दुईजना हुनुहुँदो रहेछ। मलाई देख्‍नेबित्तिकै पछाडिका व्यक्तिले ‘ह्या त्यस्तो स्कुटर रहेछ.. भो नजाने’ भनेको फोनमै सुनियो। उहाँले बोल्दाबोल्दै फोन काट्नुभयो,’ उनले भनिन्।

त्यहाँ पठाओका अरू राइडरहरू पनि थिए। उनीहरूले फेरि फोन गरेर किन क्यान्सिल गरेको भनेर बुझ्‍न भने। शोभाले फोन गरिन्, तर उठेन।

घटना ३: 
लकडाउनअघिकै कुरा हो। विशालबजार अगाडिबाट रिक्‍वेस्ट आयो। शोभा लोकेसनमा पुगिन्। 

‘दिदी, हजुरले बुक गर्नुभएको पठाओ हुँ म भनेँ। उहाँ त वरिपरि घुमेर स्कुटर हेर्न पो थाल्नुभयो। त्यसपछि यस्तो स्कुटरमा जान्‍न भन्‍नुभयो,’ शोभाले सुनाइन्।

०००

यी घटना पठाओ राइडर शोभा श्रेष्ठले भोगेकी हुन्। उनी अन्य राइडरभन्दा फरक छिन्। त्यसैले त उनले अरू राइडरले भन्दा धेरै समस्या भोग्‍नुपर्छ। 

शोभा शारीरिक अपांगता भएकी व्यक्ति हुन्। उनी चार पांग्रे स्कुटर चढ्छिन्।

काठमाडौंको धापासीमा बस्दै आएकी शोभा चक्रपथस्थित एक कार्यालयमा काम गर्छिन्। बिहान १० देखि साँझ ५ बजेसम्म अफिसकै काममा व्यस्त हुन्छिन्। त्यसबाहेक सेयर राइडिङ सेवा ‘पठाओ’मा आबद्ध छिन्। बिहान कार्यालय जाँदा र साँझ फर्कंदा ‘प्यासेन्जर’ (यात्रु) भेटिए कम्तीमा पेट्रोल खर्च जुटाउन सकिएला कि भन्‍ने आशमा उनी पठाओसँग जोडिएकी हुन्।

तर, कहिले पठाओको एप्समा भएको नक्साका कारण त कहिले यात्रुले सही लोकेसन नदिँदा पटक-पटक हैरानी बेहोर्नुपर्छ। लोकेसनमा पुग्दा पनि अपांगता भएकै कारण यात्रुले चढ्न अस्वीकार गर्दा थप पीडा खप्नुपर्छ।

अपांगता भए पनि शोभाले दिने र अन्य राइडरले दिने सेवामा केही फरक छैन। तर, अपांगता भएका व्यक्तिसँग यात्रा गर्न अधिकांश यात्रु तयार हुँदैनन्। विश्वास गर्दैनन्।

शोभाको जस्तै अनुभव...
अपांगता भएका अन्य पठाओ राइडरको अनुभव पनि शोभाको भन्दा फरक छैन। तीनजना अपांगता भएका पठाओ राइडरसँग कुरा गर्दा सबैको साझा आवाज सुनिन्छ, ‘हामीलाई प्रेरणा दिने र लिने दुवैखाले मानिससँग भेट हुन्छ। कतिपयले चार पांग्रे स्कूटर देखेपछि मनमै बिझ्‍नेगरी भन्छन्। त्यस्तोमा अधिकांश सम्पन्‍न देखिने र पढेलेखेका व्यक्ति हुन्छन्।’

ललितपुरको नख्खु निवासी पुनम मिश्र (५२) पनि शोभाजस्तै अपांगता भएका पठाओ राइडर हुन्। जन्मिँदै पोलियो रोगबाट ग्रसित भएका उनले भोगेको पीडा कुनै फिल्मको पात्रले भोगेको कथाझैँ लाग्छ। मिश्रको जन्म तत्कालीन शान्त भवन (अहिलेको पाटन अस्पताल)मा भएको थियो। उनलाई पोलियो भएको थाहा पाउनेबित्तिकै अस्पतालमै छाडियो। आठ वर्षसम्म अस्पतालकै एक जना नर्सले पुनमलाई उपचारमा सहयोग गरिन्। पछि उनी अनाथालयमा हुर्किए। उनले बुबाआमा देख्‍नै पाएनन्। केही समय पुनम बुबाआमाको खोजीमा भौंतारिए पनि। तर, उनले बुबाआमालाई भेट्टाउन सकेनन्। 

संघर्ष गर्दागर्दै उनले ‘अब आफैं केही गर्छु’ भन्‍ने अठोट लिए। नख्खुमै श्रीमतीको सहयोगमा खाजा पसल सुरू गरे।

साथीभाइको सल्लाह र हौसलामा उनी पठाओसँग जोडिए। करिब दुई वर्षदेखि उनी पठाओ चलाइरहेका छन्। भ्याएसम्म र शरीरले साथ दिएसम्म पठाओ चलाउँदै आएको उनले सुनाए।

तर, सेवाग्राही (यात्रु) ले आफूहरूको स्कुटरमा चढ्न गाह्रो मान्‍ने गरेको पुनम बताउँछन्। ‘रिक्‍वेस्ट आउँछ, लोकेसनमा पुगेपछि कतिपयले रिक्‍वेस्ट नै क्यान्सिल गरिदिन्छन्,’ उनले सुनाए।

त्यस्ता सेवाग्राहीलाई पुनमको जवाफ हुन्छ, ‘ठीक छ, धन्यवाद।’

यत्तिकै बस्‍नुभन्दा केही आम्दानी गर्न पठाओले मौका दिइरहेको उनी बताउँछन्। यद्यपि, पठाओलाई तिर्नुपर्ने २० प्रतिशत रकम घटाउनुपर्ने पुनमको माग छ।

ललितपुरको महालक्ष्मीस्थान बस्दै आएका वेगबहादुर तामाङ पनि पठाओमा जोडिएका छन्। धादिङ घर भएका तामाङ पाटन क्याम्पसमा बिए दोस्रो वर्षमा अध्ययनरत छन्। पठाओमा जोडिएपछि दैनिक खर्च धान्‍न केही सहज भएको उनी बताउँछन्। साथीहरूले हाम्रा लागि पनि पठाओ उपयोगी छ भन्‍ने सुझाव दिएपछि अहिले उनले ‘पार्ट टाइम’का रूपमा पठाओ चलाइरहेका छन्। दिउँसो भने उनी अरू नै काम गर्छन्।

अपांगता भएकै कारण उनले पनि पठाओ राइडिङका क्रममा पटक-पटक अप्ठ्याराहरु ब्यहोरेका छन्। केही शिक्षित वर्गकै मान्छेबाट आफूहरूमाथि नराम्रो व्यवहार हुने गरेको तामाङको गुनासो छ।

‘हामी काम गर्ने मान्छे। केही आम्दानी हुन्छ कि भनेर नै पठाओमा आबद्ध भएका हौं। तर, हाइ लेबलकै मान्छेबाट हुने व्यवहारले हतोत्साहित बनाउँछ,’ तामाङले भने, ‘मेरो समस्या यस्तो छ, गाह्रो हुन्छ जाँदिन भन्दा हामी पनि बुझ्छौं। तर, तपाईंको साधन यस्तो रहेछ, जान्‍न भन्दा साह्रै नमज्जा लाग्छ।’ 

यद्यपि, केही यात्रुबाट भने हौसला पाउने गरेको उनले सुनाए।

हौसला दिने यात्रु
उसो त सबैको मानसिकता एकै हुँदैन। अपांगता भएका राइडरलाई हौसला दिने यात्रु पनि भेटिन्छन्। 

एकजना यात्रुलाई लिएर जाँदा शोभाले उनीबाट हौसला पाइन्। शोभाको आँट र लगनशीलता देखेर प्रभावित भएका ती व्यक्तिले भने, ‘तपाईंले उदाहरणीय काम गर्दै हुनुहुन्छ। मेरो भाइलाई तपाईंको काम देखाउँछु। दिनरात पब्जीमात्रै खेलेर बिताउने उसलाई केही प्रेरणा मिल्छ कि!’

ती व्यक्तिले शोभालाई आफ्नो घरको गेटनेर उभिन लगाए। तर, घरमा नभएका कारण शोभाको उनका भाइसँग भेट हुन सकेन। ती व्यक्तिको व्यवहारले भने आफ्नो काममा थप दृढ बनेर लाग्‍न प्रेरित गरेको शोभा बताउँछिन्।

राइडरको चाहना
शोभा, पुनम र वेगबहादुर जस्तै अपांगता भएका अरू पनि राइडर पठाओमा जोडिएका छन्। संख्यात्मक हिसाबमा उनीहरू धेरै छैनन्। तर, उनीहरूले ‘अपांगता भएका व्यक्तिले केही गर्न सक्दैनन्’ भन्‍ने सोच बदल्न उदाहरणीय काम गरिरहेका छन्। अपांगता भएका व्यक्तिका लागि यी राइडरहरू प्रेरणाको स्रोत बनिरहेका छन्। 

पठाओमा जोडिएका अपाङ्‍गता भएका व्यक्तिहरू सक्षम छन्। तर, उनीहरूसँग जोडिने माथि उल्लेख गरिएका जस्ता विभिन्‍न घटनाले अपांगता भएका व्यक्तिहरूलाई निराश बनाउने गर्छ। मुलुकको राजधानीमै घट्ने यस्ता घटनाले समाजको चेतनास्तर कुन अवस्थामा छ भन्‍ने छर्लङ्‍ग पार्छ।

शोभालाई भेट्न धापासी हाइट पुग्दा उनले कतिपय खुसी र कतिपय आक्रोशका घटना सुनाइन्। कतिबेला खुसीले उनको अनुहार धपक्क देखिन्थ्यो भने क्षणभरमै आक्रोशले कालो। नख्खुमा पुनमलाई भेट्दा र महालक्ष्मीस्थानमा वेगबहादुरलाई भेटेर कुरा गर्दा पनि त्यही अनुभव हुन्थ्यो।

एउटै ‘प्लेटफर्म’मा जोडिए पनि फरक-फरक स्थानबाट संघर्ष गरिरहेका तीन जनाकै चाहना भने एउटै छ- अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन, उनीहरूप्रतिको सोच र व्यवहारमा परिवर्तन।

तस्बिरहरु: निमेषजंग राई/नेपाल लाइभ

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा केसी
केसी नेपाल लाइभकी वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
आफ्नै शिक्षक शुक्रराजलाई फाँसी दिइएपछि बागी बनेका नूतन
हिन्दू राष्ट्रको माग : संविधानको अभिभावक दाबी गर्ने कांग्रेसमा सिर्जित विरोधाभास
संसद् पुगे पनि माइतीघर मण्डला सम्झिरहन्छन् सन्तोष परियार
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्