काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन-जी आन्दोलनका क्रममा भएका घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने विषयमा दुविधा नराख्न आग्रह गरेका छन् ।
आइतबार नेपाल पत्रकार महासंघको कार्यालय सञ्चारग्राम पुगेका खरेलले जेन-जी आन्दोलनमा भएको घुसपैठ र त्यसक्रममा भएको तोडफोड र आगजनीमा दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिवद्ध रहेकाले कुनै दुविधा नराख्न भनेका हुन् ।
फागुन २१ गते तोकिएको निर्वाचनलाई निष्पक्ष र भयरहित तवरले सम्पन्न गरिने भन्दै उनले सबै राजनीतिक दलहरू निर्वाचनमा सहभागी हुने विश्वास जनाए । अहिले दलहरूसंगको संवादहिनता अन्त्य भएकाले मुलुक निर्वाचनमा होमिएको उनको भनाइ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।