काठमाडौं – शुक्रबारदेखि शुरू नेकपा एमालेको सचिवालय बैठक गुण्डुमा जारी छ । हिजो अध्यक्ष केपी ओली अस्वस्थ भएकाले स्थगित बैठक भर्खरै सुरू भएको हो । बैठक आज टुंग्याउने तयारी छ ।
आजको बैठकले महाधिवेशनको मिति तोक्ने र उक्त मितिलाई अनुमोदन गर्नका निम्ति केन्द्रीय कमिटीको बैठक बोलाइने उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
१८ सदस्यीय सचिवालयमा शक्रबार ९ जनाले बोलेका थिए । आज बाँकी ९ जनाले कुरा राखेपछि केही जरुरी निर्णय गरेर बैठक टुंगिने उनले सुनाए ।
शुक्रबारको बैठक शुरूवात गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भनाइ राखेका थिए । त्यसपछि वरीयताका आधारमा क्रमशः वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा ‘बादल’, गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीसम्मले आ-आफ्ना धारणा राखे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।