काठमाडौं– आईसीसी टी २० विश्वक छनोट अन्तर्गत नेपालले यूएईलाई १४१ रनको मध्यम लक्ष्य दिएको छ ।
सुपर सिक्स अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको हो ।
नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५१ रन बनाए । उयनले ४७ बल खेलेका थिए । यस्तै कुशल भुर्तेलले २५ बलमा २८ रन बनाउँदा रोहित पौडेलले १९ बलमा २० रन बनाए ।
यता गुलशन झाले ५ बलमा १४ रन बनाउँदा कुशल मल्लले १० तथा सन्दीप जोरा ४ र सोमपाल कामी ५ रनमा अविजित रहे । आक्रामक सुरुवात पाए पनि नेपालले मध्यक्रममा त्यो गति पक्रिन नसक्दा सानो स्कोरमै समेटिन पर्यो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।