• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कर्मचारी स्वेच्छिक अवकाश : प्रधानमन्त्री र मन्त्री विपक्षमा, मुख्यसचिव र ट्रेड युनियन पक्षमा

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ४, २०७५  ०५:२०
1140x725

काठमाडौं– तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार छोड्नुअघि निजामती कर्मचारीका लागि आकर्षक प्याकेजसहितको स्वेच्छिक अवकाश योजना सुरु गरे। कर्मचारी समायोजन ऐनमा पनि प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशमा पठाउने व्यवस्था गरियो। सोही व्यवस्था कार्यान्वयनमा लगिएको भन्दै स्वेच्छिक अवकाश योजनाका लागि सूचनासमेत जारी भएर विवरण संकलन थालियो।

उक्त व्यवस्था अनुसार अवकाशमा जान चाहाने कर्मचारीहरुका लागि सामान्य प्रशासन मन्त्रालयले आवेदन संकलन गर्योम। तर, उक्त कार्यले राज्यलाई एकैपटक ठूलो मात्रामा आर्थिक भार थप्ने भनी आलोचना सुरु भयो।

प्रधानमन्त्री केपी शर्मा ओली सत्तामा आएसँगै कर्मचारीको स्वेच्छिक अवकाशको प्रक्रियामा रोक लाग्यो। सरकारसँग रकम अभाव भएको समयमा अर्बौं रकम खर्चेर कर्मचारी समायोजनमा जान नसकिने भन्दै प्रधानमन्त्री ओली र संघीय मामिला तथा स्थानीय र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले रोक लगाए। 

मन्त्री नै विपक्षमा देखिएपछि र उक्त प्रकरण केही समय रोकिए पनि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र बजेट निर्माणको क्रम सुरु भएसँगै पुन: प्रधानमन्त्री कार्यालयमा यसबारे छलफल सुरु भएको छ। 

मुख्यसचिव लोकदर्शन रेग्मीसँग कर्मचारी ट्रेड युनियनहरुले अवकाशमा जान चाहने व्यक्तिको राजीनामा फिर्ता हुन नसक्ने लबिङ गरेसँगै यस विषयमा पुन: सिंहदरबारमा छलफल सुरु भएको हो। तर, मुख्यसचिवको सचिवालयले भने ट्रेड युनियनको माग, प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रालय सकारात्मक भएकाले छलफल मात्र सुरु भएको बताएको छ। 

कर्मचारीहरुलाई बिदाइ गर्न अघिल्लो सरकारले घोषणा गरेको कर्मचारी स्वेच्छिक अवकाश योजना रोकिएको नभई छलफलमै रहेको मुख्यसचिव लोकदर्शन रेग्मीको तर्क छ। तर आधिकारीक ट्रेड युनियन र अन्यले भने ऐनमा भएको व्यवस्थावाट पछाडि हट्न नसक्ने भएकाले यसको समाधानका लागि छलफल सुरु भएको बताए।

‘ऐनमै उल्लेख भएको कुरा कि त संशोधन हुनुपर्‍यो होइन भने अवकाश सम्बन्धी निर्णय छिट्टै गर्नुपर्छ,’ आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकालले भने, ‘ऐनले दिएको अधिकार दिन्न भन्न कसैले नसक्ने हुनाले हामीले प्रधानमन्त्री, मन्त्री र मुख्यसचिवलाई दबाब दिएका हौं।’ 

कर्मचारीहरुको चासो र सरकारको निर्णयलाई सकारात्मक रुपमा लिँदै  अहिलेलाई कर्मचारी अवकाश सम्बन्धी निर्णय छलफलमै रहेको मुख्यसचिव रेग्मीले बताए। सरकारको नीति तथा कार्यक्रमअघि यसलाई टुंग्याउने गरी छलफल सुरु भएको उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

मुख्य सचिवका स्वकिय सचिव एवं उपसचिव गोकुल बस्नेतले भने हाललाई छलफल मात्र भएकोले नीति तथा कार्यक्रममा यसलाई विस्तृत सम्बोधन गर्न सक्ने बताए। 

प्रधानमन्त्री ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पण्डितले स्वेच्छिक अवकाश कार्यान्वयन नहुने भनेपछि विवरण संकलन अलपत्र परेको थियो।

मन्त्री पण्डितले स्वेच्छिक अवकाशको निवेदन दिएका कर्मचारीको विवरण र मन्त्रालयको सूचना कतै सार्वजनिक नगर्न कर्मचारीलाई कडा निर्देशन दिएकाले अवकाशमा जान चाहेका व्यक्तिहरुको विवरण पनि गोप्य राखिएको छ। 

सूची गोप्य राखिएकै अवस्थामा केही कर्मचारीलाई भने न्युन प्याकेज दिएर अवकाश दिनुपर्ने पक्षमा ट्रेड युनियनले तर्क गर्दै आएका छन्। 

Xtrem

Xtrem

फागुन १३ गतेदेखि अवकाश दिनका लागि निवेदन दिएका कर्मचारीको विवरण सबै जिल्लाबाट संकलन गर्दै सामान्य प्रशासनमा बुझाइएको थियो।  सरकारले केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजनमा जान नचाहने कर्मचारीलाई गत पुस २९ देखि फागुन १३ गतेसम्म स्वेच्छिक अवकाशका लागि निवेदन दिन आग्रह गरेको थियो।  

तीन सचिवसहित १० हजारले दिएका थिए निवेदन
सरकारले अवकाशका लागि निवेदन दिन गरेको आग्रह अनुसार ३ सचिवसहित करिब १० हजार कर्मचारीले निवेदन दिएका थिए। 

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला तथा संघीय संसद् सचिवालयका सचिवद्वय हिमनाथ सुवेदी र वीरेन्द्र कार्की गरी ४ सचिवले अवकाशका लागि निवेदन दिएका हुन्। उनीहरुसहित अवकाशमा जान चाहने कर्मचारीको संख्या ९ हजार ६ सय ५६ छ। 

सरकारले निजामतीसहित संसद् र स्वास्थ्य सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाशको योजना ल्याएको हो। मन्त्रालयले ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो।

यस्तो थियो स्वेच्छिक अवकाशमा जानेले पाउने सुविधा 
स्वेच्छिक अवकाशमा सहभागी हुने कर्मचारीले ७ वर्षको निवृत्तिभरण एकमुष्ट रुपमा पाउने भनिएको थियो। त्यसपछि पनि प्रचलित काननु अनुसार उनीहरुले निवृत्तिभरण पाउने भनिएको थियो। ७ वर्षको एकमुष्ट निवृत्तिभरण रकम पाएपछि सो ७ वर्षको अवधिमा बहालवाला निजामती कर्मचारीको तलब वृद्धि हुँदा समान पदबाट निवृत्त कर्मचारीहरुले प्राप्त गर्ने थप निवृत्तिभरण रकम पनि पाउने थिए। 

स्वास्थ्य सेवाका कर्मचारी, संसद् सेवाका कर्मचारी र २०४९ कात्तिक २१ गतेभन्दा अगाडि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ६० वर्ष उमेर ननाघ्ने गरी र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको हकमा ५८ वर्ष उमेर ननाघ्ने गरी सेवा अवधि थप गरी पेन्सनको लागि जम्मा सेवा अवधि कायम गरिने उल्लेख थियो। यसरी सेवा अवधि थप हुँदा सोही नियम अनुसार तलब वृद्धि पनि थप हुने कर्मचारी समायोजन ऐन २०७४ मा उल्लेख थियो।

स्वेच्छिक अवकाश लिने अवकाशका लागि निवेदन दिने अन्तिम दिनसम्म बढुवा पाउने भएमा निजलाई एक श्रेणीमाथिको पदमा बढुवा गरी सेवा सुविधा दिइने उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०७५  ०५:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्पेनको जितमा यमलको २ गोल
चार वटा संसदीय समितिको बैठक बस्दै
राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्पेनको जितमा यमलको २ गोल बुधबार, असोज १४, २०८३
चार वटा संसदीय समितिको बैठक बस्दै बुधबार, असोज १४, २०८३
राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै बुधबार, असोज १४, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्