काठमाडौ–अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ।
नेपाली बजारम शुक्रबार सुन प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ थियो।
सुनको मूल्य एक सातामा तोलामा ५ सय रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ।
गत शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८६ हजार ६ सय रुपैयाँ पुगेको थियो।
सोमबार र मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य भनेशुक्रबार तोलामा १५ रुपैयाँले घटेको छ। शुक्रबारका लागि चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँ छ। बिहीबार २० रुपैयाँले बढेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।