काठमाडौं– विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले एमाले–माओवादी एकतालाई खराब प्रवृत्तिहरु एक ढिक्का भएको बताएका छन्। शुक्रबार ट्विट गर्दै संयोजक मिश्रले शक्ति बदलिएको तर राजनीतिक दल तथा नेताहरुमा सोच र आचरण नबदलिएको आरोप लगाएका छन्।
उनले यस एकताले खराब प्रवृत्तिलाई इतिहास बनाइ असल प्रवृतिलाई उजागर गर्न सकोस् भन्ने शुभकामनासमेत दिएका छन्।
मिश्रले ट्विटमा लेखेका छन्,‘एमाले, माओवादी एकता प्रकरणः शक्ति बदलियो। सोच र आचरण बदिलिएको छैन। पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन्। खराब प्रवृत्तिहरु एक ढिक्का हुँदा त्यो झनै जब्बर बन्नसक्छ। यो एकताले सबैका खराब प्रवृत्तिलाई इतिहास बनाइदेओस् र असल प्रवृत्ति उजागर गरोस्– नेपालको जय होस्! धेरै–धेरै शुभकामना!’
बिहीबार मात्रै एमाले र माओवादीले एकीकरण गर्दै नेपाल कम्युनिष्ट पार्टीको घोषणा गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।