• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

'ओली हार्छन् हामी जित्छौं, ढुक्क छौं'

64x64
वीरेन्द्र ओली बुधबार, चैत ४, २०७७  २२:२३
1140x725

काठमाडौं- बुधबार ललितपुरको हेरिटेज गार्डेनमा सुरु भएको नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राष्ट्रिय भेलालाई धेरैले एमाले विभाजनको प्रस्थानबिन्दूका रुपमा चर्चा गरेका थिए।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले यही आकलन गरेरै सकेसम्म भेला रोक्ने प्रयत्न गरेका र नसकेपछि त्यसलाई असफल पार्ने रणनीति अपनाएका थिए। त्यसका लागि आफ्नो सचिवालयलाई समेत प्रयोग गरेर भेलाविरोधी प्रचार गराउनेदेखि त्यसमा सहभागी हुनेहरूलाई कारवाही गर्ने अप्रत्यक्ष धम्कीसमेत उनले दिए।

तर, भेलामा प्रस्तुत राजनीतिक दस्तावेज, प्रमुख नेताहरूका धारणा र धेरैजसो कार्यकर्तामा ओलीप्रति हदैसम्मको आक्रोश देखिएपनि छुट्टै पार्टी बनाएर जानेभन्दा एमालेमै रहेर ओलीलाई सुधार्नुपर्छ भन्ने 'मूड' देखिएको छ।

प्रधानमन्त्री ओलीले पार्टी र सरकार दुवैतिर देखाएको रवैयालाई बुझाउन बरु वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा भेलामा समूहगत छलफलका लागि तोकिएका नेताहरूले कार्यकर्तामाझ विस्तृत व्याख्या गरे।

नेता घनश्याम भुसालले अहिलेको एमालेको लडाईंमा पनि ओली हार्ने निश्चित भएको दाबी गरे।

एमाले उपमहासचिव घनश्याम भुसालले एमालेलाई बलियो बनाएर जानेबाहेक अरु केही सोच्दै नसोचिएको बताए। ‘आमरूपमा हामीले गर्न खोजेको एकता नै हो। ओलीजीको प्रवृत्तिलाई म ‘ओलीवाद’ भन्छु। त्यो भनेको विचारधारामा ‘म’, सिद्धान्तमा जता भत्क्यो उतै रोइलो। राजनीतिमा मेरा कि चाकरहरू कि शत्रुहरू हुनुपर्छ। संगठनमा जति चाकरी त्यति ठूलो चाकर भन्ने बनाएको छु’ भुसालले भने, ‘मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने ओलीजी हार्नुहुन्छ, हामी जित्छौं।’

दुई दिने भेलाको बुधबारको कार्यक्रम सकिएपछि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टी विभाजन गर्ने भन्दा पनि एकीकृत बनाएर जाने विषयमा बहसको थालनी गरिने बताइन्।

1140x725

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले एमाले विभाजन गरेर नयाँ पार्टी बनाउने सोचेकै छैनौं। ओली कमरेडले नेकपा अर्कैको जिम्मा लगाएर एमालेमा पुर्‍याउनु भएको छ,' शाक्यले भनिन्, ‘एमाले पार्टीमा भएका खराब तत्वलाई पाखा लगाएर त्यही पार्टीलाई हामीले जनताको पार्टी बनाउनुपर्छ।’

भुसालले हामीसँगको कुराकानीमा अर्को कुरा सुनाए। प्रतिनिधि सभा विघटन भएलगतै तीन महिनाभित्र पुनःस्थापना हुने आफूले बताएको उल्लेख गर्दै उनले अहिलेको एमालेको लडाईंमा पनि ओली हार्ने निश्चित भएको दाबी गरे।

‘हामी ओलीलाई हराउँछौ ओली नहार्ने एउटा पनि तर्क छैन। जुन जुन तर्कहरू गरिन्छन्, ती सबै ओली हार्ने तर्कहरू हुन्,' भुसालले भने, ‘अबको मिलनबिन्दु जेठ २ गते (एमाले र माओवादी एकता भएको २०७५ जेठ ३ भन्दा एक दिनअघि) फर्कनुपर्छ। यो सहमतिमा कसैले हुन्न भन्दैन। अस्तिको बैठकमा ओलीजीले पनि भन्नु भएन।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एमाले पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने जनमत बढ्दै गएको, आफूहरूले पनि जेठ २ गतेमै फर्काएर छाड्ने अठोट गरेको उल्लेख गर्दै भुसालले आफूहरू एमाले बाहेक अर्को हुने सोच्दै नसोचेको, एमाले हुनुमै गौरव गर्ने बताए।

कारबाही गरेर साध्यै हुन्न 
प्रधानमन्त्री ओलीले फागुन २८ गते वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालनिकट नेताहरूलाई आफ्नो पक्षको बैठक राखेर जिम्मेवारीबाट हटाएका र आफूनिकटलाई जिम्मेवारी दिएका थिए। त्यसलगतै नेपाल र खनाल पक्षले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने निर्णय गरेका थिए। यो भेलाले ओलीलाई पनि तर्सायो, उनी नेपाललाई भेट्न तयार भए र धुम्बाराहीस्थित पार्टी कार्यालय पुगे। तर, धुम्बाराहीमा भएको बैठक फलदायी नभएपछि एमालेभित्रको तनाव यो भेलासम्म आइपुगेको हो। 

दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन खबर पठाइए पनि नेपाल र खनालपक्षका सांसदहरूले बालुवाटारमा हुने बैठकमा नजाने निर्णय गरेका छन्।

प्रधानमन्त्री ओलीले नेपाल पक्षको राष्ट्रिय भेला चलिरहेकै बखत बिहीबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएका छन्। दलको बैठकमा सबै सांसदलाई उपस्थित हुन खबर पठाइए पनि नेपाल र खनालपक्षका सांसदहरूले बालुवाटारमा हुने बैठकमा नजाने निर्णय गरेका छन्।

राष्ट्रिय भेला भइरहेको जान्दाजान्दै दलको बैठक बोलाएकाले उपस्थित हुन नसक्ने सचिव योगेश भट्टराईले बताए। ‘बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला चल्नेछ। प्रधानमन्त्रीज्यूले थाहा पाउँदापाउँदै दलको बैठक बोलाउनु भएछ। बिहीबारको दलको बैठकमा कार्यव्यस्तताले उपस्थित हुन सक्दैनौं। अन्य दिन बोलाए दलको बैठकमा नजाने भन्ने हुँदैन,' भट्टराईले भने। 

यो पनि पढ्नुहोस्

सानेपा भेलाका एमाले कार्यकर्ता : ओलीदेखि आजित तर विभाजनको विपक्षमाबुधबार, चैत ४, २०७७

दलको बैठकमा अनुपस्थित भएकै कारण देखाएर ओलीले आफूहरूमाथि कारबाही गर्न नसक्ने पनि भुसालले बताए। ओलीले एकपछि अर्को गर्दै कारबाही गरेर जान सम्भव नभएको भन्दै भुसालले भने, ‘उहाँले राजनीति सक्नुभयो। एमालेको जुन शान, प्रतिष्ठा र वैभव थियो त्यो सखाप पार्दै हुनुहुन्छ। हामीले गठबन्धन गरेर चुनावबाट त्यति धेरै मत ल्यायौं, बलियो सरकार बनायौं, एकता गर्‍यौँ , एकता पनि भत्कायौँ। अब एउटा पार्टी एमाले छ त्यही पनि फोर्न थालिएको छ। एमालेमा ओलीलाई कसरी बिउझाउँन सकिएला भन्ने लाग्या छ।’  

ओलीमाथि दबाब बढाउन पुराना वाम नेता सक्रिय
एमालेमा ओलीको मनपरी अचाक्ली भएको र आफूहरूमाथि अत्याचार थोपरेको भन्दै आएका नेपाल र खनालपक्षीय नेताहरूले आफ्नो पक्षमा पुराना वाम नेतालाई पनि सक्रिय बनाएका छन्। कम्युनिस्ट आन्दोलनका पहिलो र दोस्रो पुस्ताका पुराना नेताहरू सकिनसकि वैशाखीको सहाराले बुधबार हेरिटेज गार्डेनमा उपस्थित भए। पार्टीलाई एकताबद्ध गराउनुपर्ने भन्दै राजनीतिबाट विश्राम लिएका नेताहरू मञ्चमै उपस्थित भएर खबरदारी गरे। 

ओलीसँगै जेल परेका मोहनचन्द्र अधिकारी भन्छन्- ओली तानाशाह भए

ओलीसँग जेल जीवन विताएका मोहनचन्द्र अधिकारी धर्मराउँदो शरीरसहित मञ्चमा पुगेर पार्टी एकताको सन्देश दिए। १८ वर्ष जेल जीवन विताएर नेपालका नेल्सन मण्डेलाको रुपमा समेत चर्चा बटुलेका अधिकारीले ओलीको प्रवृत्ति पहिलेदेखि यस्तै रहेको उल्लेख गरे। पुराना वाम नेताहरू सिद्धिलाल सिंह, कमलप्रसाद कोइराला, मोदनाथ प्रश्रित, शीतल झा, राधाकृष्ण मैनालीलगायतलाई मञ्चमा राखेर नेपाल र खनालले ओलीले आफूहरूमाथि अत्याचार गरेको बताएका थिए। 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २२:२३
  • #नेकपा_एमाले
  • #माधवनेपाल
  • #राष्ट्रिय_भेला

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्