• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सानेपा भेलाका एमाले कार्यकर्ता : ओलीदेखि आजित तर विभाजनको विपक्षमा

64x64
डिबी खड्का बुधबार, चैत ४, २०७७  २१:३८
1140x725

काठमाडाैं- केपी शर्मा ओलीलाई पञ्चायत प्रशासनले खोजिरहेका बेला यस्तो व्यक्तिलाई जोगाउनुपर्छ भनेर मजदूरमाझ लुकाएर राख्नेमध्ये एक नेता हुन् मोरङका शम्भु साह। उनी बुधबार नेकपा एमालेको माधव नेपाल पक्षीय भेलामा भेटिए। ओलीलाई जेल पर्नबाट जोगाएका साह मात्रै होइन, जेलमा सँगै १४ वर्ष बिताएका मोहनचन्द्र अधिकारी पनि त्यही भेलामा थिए। 

उमेरले ओली बराबर नै रहेका साह र अधिकारीको धारणा समान थियो- हिजो तानाशाहविरुद्ध सँगै लडेको व्यक्तिमा आज तानाशाही प्रवृत्ति देखिन थाल्यो। चार हजारभन्दा बढी कार्यकर्ताको भीडमा भेटिएका साह आफ्नै लवजमा भन्दै थिए, ‘पञ्चायतकालमा हामीले उसलाई मजुदूरको एरियामा राखेर सुरक्षा दिएको हो। ऊ अहिले आफ्नै मर्जी गर्छ, कमिटी पद्धतिमा चल्दैन। उसको यो तरिका मन नपरेर यहाँ आएको छु।’

जीवनभर देखेको ठूलो कम्युनिस्ट पार्टीको सपना पूरा भएको यो समय पाका कम्युनिस्ट नेताका लागि सन्तोषको सास फेर्दै घरकै आंगनमा सुस्ताउने समय हो। कोरोनाको डर कायमै रहेको यो बेला आफ्नो उपस्थितिले मात्रै ‘अर्थ’ राख्ने भएपछि अधिकारी भेलामा उपस्थित भए। बेलुनजस्तै फुकेको कम्युनिस्टको हावा फुस्किदै गरेको दृष्य ननिको उनलाई लागिरहेकै थियो। आफैंसँग जेलजीवन बिताएको सहयोद्धा हावा निकाल्ने पात्रका रुपमा अघि बढेको उनलाई मन नपरेपछि उनले टिप्पणी गरे, ‘ओली अहिले ‘डिक्टेटर’ भए।  हर कायर मौका मिल्दा तानाशाह पल्टिन्छ।’

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भूमिकालाई एकरत्ति मन नपराएका मोरङका श्याम चौलागाईं आफू कार्यकर्ता होइन, नागरिकका हैसियतले पनि खुशी नभएको बताउँछन्।

उनीसँग आक्रोश थियो। ओली प्रवृतिबाट आजित देखिन्थे। नेपाल पक्षले बोलाएको राष्ट्रिय भेला ‘ओलीबाट आजित’हरुको जस्तै लाग्थ्यो। धेरैको साझा गुनासो थियो, ओली पार्टी पद्धतिमा चलेनन्। उनको व्यक्तिगत गतिविधीलाई पार्टीको मानिदिनुपर्ने अवस्था आयो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका ती गतिविधीले आमजनमाझ आफ्नै सरकारको ‘डिफेन्स’ गर्न मुस्किल पर्दै गयो।

विद्यार्थी कालदेखि नै वामपन्थी राजनीतिमा लागेकी पाल्पाकी शान्ता बस्यालको राजनीतिक जीवन नै ४० वर्ष पूरा भयो। उनले राजनीतिबाट केही प्राप्त गरेकी छैनन्। व्यक्तिगत लाभका लागि त्यति लालयित पनि छैनन्। तर, आफूले दुःख गरेर बनाएको पार्टी दिनप्रतिदिन स–साना टुक्रामा परिणत हुँदै गइरहेको दृष्यले उनलाई घरमै बसिरहन दिएन। उनी आइपुगिन्, नेपाल पक्षको भेलामा। 

पार्टीका वरिष्ठ नेता नेपालकै पक्षमा लड्ने भन्दा पनि आफ्नो आवाजले प्रधानमन्त्री ओलीलाई सच्चिन भूमिका खेलोस् भन्ने उनको चाहना हो। उनी भन्दै थिइन्, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षले घमन्ड त्यागेर एकताका लागि कदम अगाडि बढाऊन्। यति धेरै मान्छेले उहाँको गल्ती औंल्याएपछि त्यसको आफूले सम्बोधन गर्नुपर्छ भन्ने लागोस् भनेर यहाँ आएकी हुँ।’ प्रधानमन्त्री ओलीको कदमले पार्टीलाई मात्रै होइन, एमालेलाई नै हानी पुर्‍याएको उनको बुझाइ छ।  

1140x725

Ncell 2
Ncell 2
nimb
nimb

आमजनका आँखामा नेकपा एमाले अहिले विभाजनको संघारमा छ। गुटगत गतिविधि तीव्र बनिरहेको यो समयले एमालेका लागि शुभसंकेत गर्दैन। एउटा गुटको भेलामा सहभागी बन्नुले पनि विभाजनको हिस्सेदार बनाउन सक्छ। एक पक्षले नजान निर्देशन दिइरहेकाले कारबाहीको भागीदार हुनुपर्ने हुन सक्छ। उस्तै परे जीवनभर प्रेम गरेको पार्टी र चिह्नविहीन हुनुपर्ने हुनसक्छ। यस विषयमा कार्यकर्ता सचेत छन्। 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भूमिकालाई एकरत्ति मन नपराएका मोरङका श्याम चौलागाईं आफू कार्यकर्ता होइन, नागरिकका हैसियतले पनि खुशी नभएको बताउँछन्। तर, उनी अझै पनि एकताकै पक्षमा छन्। विभाजित भएर नजान दबाब दिन यहाँ आइपुगेका हुन् उनी। २०३२ सालदेखि बामपन्थी दलको कार्यकर्ता रहेका उनी भन्छन्, ‘हामीलाई अहिले  ठूलो पीडा छ। तर, फुटेर जानुहुँदैन। यहीँ दबाब दिनुपर्छ। यसैका लागि म यहाँ आएको हुँ। ओलीका गतिविधीले एमाले कमजोर भयो भन्ने पीरले यहाँ छु।’

आक्रोश छ, विभाजनको इच्छा छैन
उमेर यही पार्टीका लागि गुजारेकाहरुलाई पार्टी विभाजनले पोल्नु स्वभाविक हो। तर, उमेरले भर्खर २० वर्षको वरपर रहेका हुम्लाका सुजन शाहीलाई पनि अहिलेको अवस्थाले भतभति पोलेर नेपाल पक्षको भेलामा पुर्‍यायो। उनले आफू नेपाल गुटको नभएको बताए। 

उनले भने, ‘म माधव नेपाल गुटको मान्छे होइन। एमाले जसरी फुटको बाटोमा हिँडेको छ। नेताहरु यसलाई सुधारेर अघि बढुन् भनेर एकताको आवाज बुलन्द गर्न आएको हुँ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओली प्रवृत्तिसँग आजित शाही छुट्टिएर जाने परिकल्पना नगर्न आफ्नो बोली लाग्ने नेतालाई दबाब दिइरहेका छन्। भनिरहेका थिए, ‘खबरदारी जरुरी छ तर एमाले विभाजन गर्नुहुँदैन।’

एमालेको यो दिन केही दिनकै घटनाक्रमको परिणति होइन। एकीकरण पहिलेदेखि नै रहेका गुटगत तुष र एकीकरणपछि मिचिदै गएका सांगठनिक प्रणाली उपज रहेको अर्घाखाँची जिल्लाका एमाले सचिव रामबहादुर चौहान बताउँछन्। एकीकरणकै समयमा नेताहरुले इमान्दार नेताकार्यकर्तालाई होइन, निकटस्थलाई च्यापेर नेता बनाउन थालेका थिए। त्यसबाट उनी पनि पीडित भए। 

भेलाले पार्टीलाई क्षति पुर्‍याउने नभई ओलीलाई आत्मालोचना गराएर विधिपद्धतिमा फर्काउन अपेक्षा कार्यकर्ताहरूको छ। 

चौहानले जसलाई सविचमा हराएका थिए, तिनलाई एकीकरणपपछि जिल्ला अध्यक्ष सिफारिस गरियो तर उनी कार्यालय सदस्य समेत रहेनन्। किनारा पार्दा उनले त्यो समय प्रश्न गरेका थिए, ‘विधि र प्रक्रिया नाघियो, यसरी एकीकरण सम्भव हुँदैन। यसले विभाजन गराउँछ।’

1140x725

चौहानको आवाज दबाइयो। मंगलबार ललितपुरको सानेपामा उनले ४ हजार ‘चौहान’ भेटे। सबैलाई विधिपद्धतिकै पिर छ। उनले कतिलाई भने, ‘त्यो बेला मैले नेतृत्वसँग झगडा गर्दा कहाँ थियौ?’ 

नेतृत्वसँग प्रश्न गर्ने तर पार्टीलाई नै हानी हुने कार्यमा नलाग्ने उनको भनाइ छ। यो भेलाले पार्टीलाई क्षति पुर्‍याउने नभई ओलीलाई आत्मालोचना गराएर विधिपद्धतिमा फर्काउन अपेक्षा उनको छ। 

सिरहाबाट आएका उपेन्द्र चौधरीलाई नेताहरुको झगडा मन परेको छैन। यस्तो अवस्था ल्याउन सक्रिय प्रधानमन्त्री ओलीको स्वभाव पनि मन परेको छैन। तर, विभाजन उनले सोचेका पनि छैनन्। उनी भन्छन्, ‘जसरी भएपनि एक हुनुपर्छ। हामी विभाजन चाहन्नौं। सवै कम्युनिस्ट एक हुने वातावरण बन्नुपर्छ।’

गएको निर्वाचनबाट दुईतिहाइ नजिकको मत ल्याएर सरकार बनाएका कम्युनिस्ट पार्टी, त्यसमा पनि नेकपा एमालेले ‘रमिता’ देखाइरहेको छ। राजनीतिमा कहिल्यै नदेखिएका तर बहुदल ल्याउन लागेका र सधैं एमालेमा भोट हालेका ७५ वर्षका हरिबहादुर खड्का यही रमिता हेर्न भेलामा पुगेका थिए। राजनीति नबुझेका उनले निश्छल भावनासहित आफ्ना कुरा सुनाए, ‘सवैको राम्रो होस् भन्ने चाहना हो। एमाले दुई पार्टी भयो भन्ने सुनें। अलिकति चित्त बुझेन। के रहेछ भनेर आएँ। पार्टी फुटेको देख्दा दुःख लाग्यो। कम्युनिस्ट बलियो हुँदै आएको थियो। फेरि सकिने भयो।’

सांसद कृष्णभक्त पोखरेल भन्दै थिए, ‘सकेसम्म फुटेर नजाने तर सच्चिन दबाब बढाउनका लागि यो भेला हो। त्यहाँबाट भड्किन दिनुहुन्न।’

उनको आँखाले पनि गल्ती प्रधानमन्त्री ओलीकै ठम्याएको छ। देश र पार्टीको नेतृत्व गर्नेले मिलाएर लैजानुपर्ने उनको भनाइ छ। उनको आफ्नै उदाहरण छ, ‘परिवारका सदस्यको चित्त बुझाउने जिम्मा घरमूलीको हो। परिवार बिग्रिएको बढी दोष घरमूलीकै हुन्छ।’

नेकपाको नेपाल पक्षका नेताले यो भेलालाई रणनीतिक बनाउन चाहेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई अभिमानको यात्राबाट रोकेर आत्मालोचना गर्न दबाब सिर्जना गर्ने उनीहरुको पहिलो ध्येय हो। केही शिर्ष नेताहरु मात्रै होइन, पालिका तहसम्मकै कार्यकर्ताहरु विरोध गरिरहेका छन् भन्ने भेलाबाट अवगत गराउन यो पक्षले चाहेको छ। परिस्थिति मिल्ने बनेन भने छुट्टिएर जाँदा पनि ठूलो हिस्सा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीको विपक्षतर्फ लाग्दैछ भन्ने भय सिर्जना गर्न यो भेला बोलाइएको हो। 

1140x725

नेताहरुले मञ्चबाट यही आशयको अभिव्यक्ति दिएका छन्। मञ्च नपाएका युवा नेताहरु कार्यकर्तामाझ यही भावना पोखिरहेका थिए। सांसद कृष्णभक्त पोखरेल भन्दै थिए, ‘सकेसम्म फुटेर नजाने तर सच्चिन दबाब बढाउनका लागि यो भेला हो। त्यहाँबाट भड्किन दिनुहुन्न।’

यसैगरी अर्का नेता टंक कार्कीले विभाजनमा नभई एकतामा शक्ति रहेको कुरा सहयोद्धालाई बताइरहेका थिए। ‘व्यक्ति हिरो सामन्ती शासनमा हुन्छ। लोकतन्त्रमा त सामूहिक बुद्धिको प्रयोग हुनुपर्छ। दुर्भाग्य कसैको अहं प्रयोग गर्ने थलो हाम्रो पार्टी बन्यो,’ कार्कीको तर्क थियो। भेलालाई भोलि फेरि एकै ठाउँमा बसेर एकअर्काको तर्क सुन्ने आधारभूमि बनाउन लागिपर्नु पर्नेमा उनको जोड छ। 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्