काठमाडौँ- एमाले र माओवादी एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ। नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडामा रहनेछन्।
धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा (एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालय थिए।
निर्वाचन आयोगमा ५ हजार ६६६ नम्बरमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (त्यसमा अन्डरलाइन राखिने) रहनेछ।
आजै राष्ट्रिय सभागृहमा कार्यक्रम गरी नयाँ पार्टीको औपचारिक घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।