काठमाडौं– एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीमा सह-अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो पार्टी चलाउनु जहाज उडाउनु जत्तिकै भएको टिप्पणी गरेका छन्।
सह-अध्यक्ष ओलीले पार्टीमा दुई अध्यक्ष राख्नुको औचित्यबारे प्रस्ट पार्दै ठूलो पार्टी चलाउनु जहाज उडाउनु जस्तै भएकाले दुई जना अध्यक्ष राखिएको बताए।
राष्ट्रिय सभागृहमा पार्टी एकीकरण घोषणा सभामा बोल्दै उनले भने, ‘टेम्पु चलाए जस्तो होइन, जहाजमा दुई पाइलट हुन्छन्।’
पार्टी एकीकरणपछि नयाँ पार्टीमा ओली र प्रचण्ड अध्यक्ष रहनेछन्।
कार्यक्रममा बोल्दै ओलीले दुई पार्टी मिसिएको नभई घोलिएको बताए। हाइड्रोजन र अक्सिजन मिलेर पानी बने जस्तै गरी पार्टी एकीकरण भएकाले अब दुई पार्टी छुट्टिन नसक्ने ओलीले बताए।
आगामी चुनावमा आफूहरुको पार्टीले तीन चौथाइ ल्याउने दाबी समेत उनले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।