काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण घोषणा समारोहमा साविकको दल एमालेका वरिष्ठ नेता झलनाथ खनाल उपस्थित भएनन्।
पूर्वनिर्धारित कार्यक्रम अनुसार खनाल चीन गएकाले उनी उपस्थित नभएका हुन्। उनी निजी कामको सिलसिलामा चीन गएको बताइएको छ।
नवगठित पार्टीको पदाधिकारी वरीयतामा पूर्वप्रधानमन्त्री खनाललाई चौथो स्थानमा राखिएको छ।
पार्टी संयोजन समितिका सदस्य समेत रहेका खनाल एकीकृत पार्टीमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालपछिको स्थानमा छन्। नेपाल र खनाल दुवैलाई वरिष्ठ नेता बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।