काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ। समितिको सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ छन्।
समिति विस्तारका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोहीअनुसार कार्यक्रम तय गर्न समितिलाई आग्रह गरे। महासंघको तर्फबाट सरकारलाई के-कस्तो सल्लाह सुझाव दिँदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पुर्याउन सकिन्छ सोहीअनुसार समितिलाई क्रियाशील राख्न अध्यक्ष गोल्छाले सुझाव दिए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सीप, स्रोत साधन र कच्चा पदार्थमा आधारित उद्योग व्यवसाय विस्तारका लागि महासंघको तर्फबाट के-कसरी सहयोग गर्न सकिन्छ, त्यसको पहिचान गर्दै अगाडि बढ्न समितिलाई आग्रह गरे।
समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू चक्रबहादुर अधिकारी, कुविरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एण्ड डी इनोभेसन सोलुसन प्रालिका अध्यक्ष सुनिता नेमाफुकी चयन भएका छन्।
टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष परशुराम चपाई, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विक, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउत, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, दोलखा उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष दिनेश बस्नेत, रामेछाप उद्योग वाणिज्य संघका सल्लाहकार जेएन दाहाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य मिलन शाक्य छानिएका छन्।
त्यस्तै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, गौशाला उद्योग वाणिज्य सघका अध्यक्ष रामराजाप्रसाद साह, उद्योग वाणिज्य संघ इटहरीका सचिव विष्णुनारायण डांगी, सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु (राजु) चयन भएका छन्।
ओेखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का कोषाध्यक्ष दीपक पनेरु, देवचुली उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, गुर्खा इनकाउन्टर प्रालिका प्रतिमा भट्ट समितिमा विशेष आमन्त्रित सदस्य चयन भएका छन्। त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वसचिव हरिहर सुवेदी समितिको सल्लाहकार छानिएका छन्।
यसैबीच समितिका सभापति वैद्यको सभापतित्वमा बसेको बैठकले स्थानीय आर्थिक विकासका लागि के-कस्ता कार्य गरी अगाडि बढ्न सकिन्छ सो विषय पहिचान गर्नका लागि छिट्टै एक कार्यशाला गोष्ठी आयोजना गरेर आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको समितिले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।