काठमाडौं- नवगठित नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य जनार्दन शर्माले नयाँ पार्टीले बहुमतको समर्थनलाई व्यवस्थित, सुदृढ, तथा जनताको स्तरमा पार्टीलाई फरक ढंगबाट संयोजन गर्ने बताएका छन्।
राष्ट्रिय सभागृहमा जारी पार्टी एकीकरण घोषणा कार्यक्रममा स्वागत मन्तव्य राख्दै उनले नेपली जनताको आकांक्षा र अधिकारको कार्यान्वयनको लागि नेकपा अगाडि बढ्न खोजिरहेको बताए। 'जनयुद्ध, जनआन्दोलन अन्य आन्दोलनमा सहिद तथा घाइतेहरुका लागि उच्च सम्मान व्यक्त गर्दछु,' उनले भने, 'आफैलाई खार्दै जनताको सेवामा समर्पित गर्नेमा म सबैमा जोड दिन चाहन्छु।'
नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ६९ वर्ष २५ दिन पुगको भन्दै उनले २०१९ सालमा कम्युनिस्ट पार्टीमा फुट सुरु भएको उल्लेख गरे। 'विभिन्न कालखण्ड हुँदै कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको छ,' उनले भने, 'जस्तोसुकै चुनौती आए पनि अध्यक्षद्वलाई सहयोग गर्न हामी सबै प्रतिबद्ध हुनेछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।