काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीको वरिष्ठ नेतामा माधवकुमार नेपाल र झलनाथ खनाललाई चयन गरिएको छ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। दुवै पार्टी विघटनपछि बसेको पहिलो बैठकले निर्णय गरेको हो।
यस्तै नेपाल कम्युनिस्ट पार्टीमा वरिष्ठ नेताहरु सम्मलित ९ सदस्यीय सचिवालय रहने भएको छ। नेकपा एमालेका नेता राजन भट्टराईका अनुसार सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल रहनेछन्।
उनका अनुसार विष्णु पौडेललाई सचिवालयको महासचिवको जिम्मेवारी तोकिएको छ भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ। स्थायी कमिटी भने ४५ सदस्यीय रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।