काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि ‘रियल एक्टर’ भएको बताएका छन्।
निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै राजस्वमा योगदान पुर्याउने र पूर्वाधार निर्माण तथा विकासमा मुख्य भूमिका खेल्ने भएकाले यो विकासको रियल एक्टर भएको उनको भनाइ थियो।
वरिष्ठ उपाध्यक्ष ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट पारे।
उद्यमीका समस्या र मुद्दालाई नियममनकारी निकायमा पुर्याउन वीरगन्ज उद्योग वाणिज्य संघले गरेको पहलमा महासंघले सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।
व्यवसायिक क्रियाकलाप बढाउने वातावरणका लागि नेपाल पछाडि रहेको तथ्यांक प्रस्तुत गर्दै उनले त्यसमा सुधारका लागि पहल गर्न सरकारसँग आग्रह गरे।
तीन तहको सरकारको मेकानिजम देशमा व्यावसायिक प्रमोट गर्ने हिसाबको हुनुपर्ने उनको सुझाव थियो। नेपालीसँग पैसा रहेको तर त्यसर्लाइ सुदुपयोग गर्ने मेकानिजन नरहेको उनको भनाय थियो। ‘नेपालमा एउटा सानो आइपियो खुल्दा पनि कति गुणा बढी आवेदन पर्छ, यसबाट हामीसँग कति धेरै पैसा छ भन्ने स्पष्ट हुन्छ,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।