काठमाडौं- गुणस्तर तथा नापतौल विभागले सम्राट सिमेन्टलाई कारबाही गर्ने भएको छ। दाङको सतबरियमा उद्योग रहेको सम्राटले नेपाल गुणस्तरको इजाजतपत्र नै प्राप्त नगरी ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै बजारमा पठाएकोले कारबाही प्रक्रिया अगाडि बढाएको हो।
विभागले बुधबार गरेकाे बजार अनुगमनमा सम्राट प्रिमियम ब्रान्डको सिमेन्टमा इजाजात पत्र नलिई नेपाल गुणस्तर चिन्ह प्रयोग गरेको तथ्य फेला पारेकाे जनाइएकाे छ।
यसक्रममा कालिमाटी बाफलको पिआरए जगदम्बा इन्टरप्राइजेजमा बिक्रीका लागि राखिएको १ सय बोरा सिमेन्टमा इजाजत नलिई ५३ ग्रेडको नेपाल गुणस्तर चिन्ह प्राप्त भनेर छाप लगाएको फेला पारेको विभागकाे दाबी छ।
सिमेन्टमा बदमासी फेला पारेपछि नेपाल गुणस्तर चिन्ह प्रमाणपत्र ऐन २०३७ तथा नियमावली २०४० अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।