काठमाडौं–बुधबार नेपाली बजारमा सुनको मूल्य ६ रुपैयाँले वृद्धि भएको छ।
मंगलबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य आज ८५ हजार ७५० रुपैयाँ रहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको महासंघको भनाइ छ।
हिजो प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ७५ रुपैयाँमा प्रतितोलामा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।