काठमाडाैं–नेपाल उद्योग वाणिज्य महासंघले सन् २०३० भित्र देशको अर्थतन्त्र १ खर्ब पुर्याउने लक्ष्यसहित भिजन पेपर सार्वजनिक गरेको छ।
महासंघले दोहोरो अंकको आर्थिक वृद्धिदरसहित सन् २०३० भित्र मुलुकको अर्थतन्त्र सय खर्बको पुर्याउने लक्ष्य लिएको हो।
भिजन पेपरमा वार्षिक ४ लाख रोजगारी सिर्जना, दोहोरो अंकको आर्थिक वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन लगायतलाई प्राथमिकतामा राखिएको छ। भिजन पेपर मार्फत महासंघले सन् २०३० सम्म २२ लाख रोजगारी थप्ने लक्ष्य लिएको छ। महासंघले भिजन पेपर चैतभित्रै सार्वजनिक गर्ने समेत जनाएको छ।
महासंघको वर्तमान कार्यसमितिको १ सय दिन पूरा भएको अवसरमा आयोजिन कार्यक्रममा लगानी अभिवृद्धि गरेर निर्यात घाटा कम गर्ने लक्ष्य लिएको बताइयाे। ‘भिजन पेपर कार्यकारी समितिबाट अनुमोदन भइसेको छ,’ महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘अहिले यसलाई अन्तिम रुप दिने काम भएको छ।’
उनका अनुसार अहिले सरोकारवावा पक्षसँग छलफल भएको र आगमी चैत २८ र २९ गते हुने महासंघको ५५ औं साधरण सभाबाट उक्त पेपर सार्वजनिक हुनेछ। महासंघले सन् २०३० सम्म अन्तर्राष्ट्रिय व्यापारमा निर्यातको हिस्सा बढाउँदै मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
महासंघले अघि सारेको लक्ष्य पूरा गर्न १० वटा प्राथमिकता प्राप्त क्षेत्रहरू समेत तय गरेको छ। प्राथमिकताको क्षेत्रभित्र पनि ४१ वटा कार्यक्रम छन्। प्राथमिकता क्षेत्रको विस्तृत अध्ययन गरेर भिजन पेपर तयार पारेको र पेपर सरकारसँगको सहकार्यमा कार्यान्वयनमा लैजाने गोल्छाले बताए।
भिजन पेपरको विषयमा जानकारी दिँदै गोल्छाले महासंघमा औपचारिक संस्था मात्र नभएर विस्तृत डेटा र भिजनसहितको हुने बताएका छन्।
प्राथकिताका क्षेत्रहरु
- कोभिड प्रभावित उद्योग व्यवसायको पुनरुत्थान
- नीतिगत सुधार, सहज र प्रतिस्पर्धी व्यापारिक वातावरण निर्माण
- लगानी प्रवर्द्धन, अन्तर्राष्ट्रिय व्यापारमा सुधार गर्दै निर्यात वृद्धि, साना तथा मझौला उद्योग स्टार्टअप व्यवसायको विकास
- व्यवसायीको लागत न्यूनीकरण
- पूर्वाधार विकास
- नलेज बेस्ड इकोनोमी
- श्रम व्यवस्थापन
- क्षमता विकास महासंघको लक्ष्य
- २०३० सम्म लगानी बढाएर कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा २० प्रतिशत पुर्याउने
- उत्पादन सम्भव भएका वस्तुहरूको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै जाने
- भिजन पेपर कार्यान्वयनका लागि बलियो संयन्त्र निर्माण गरिने
- सन् २०३० सम्म २२ लाख रोजगारी थप्ने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।