काठमाडाैं– भारतकाे प्रदेश उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले राजीनामा दिएका छन्। मंगलवार साँझ राज्यपाल बेबी रानी मौर्यालाई मुख्यमन्त्री रावतले राजीनामापत्र बुझाएका हुन्।
प्रदेश सांसद असन्तुष्ट भएपछि झण्डै ४ वर्ष मुख्यमन्त्री बनेका रावतलाई भारतीय जनता पार्टी (भाजपा)ले राजीनामा मागेकाे थियाे।
उनले जनताको सेवा गर्ने अवसर दिएकोमा भाजपालाई धन्यवादसमेत दिएका छन्। भोलि बुधवार प्रदेशको राजधानी देहरादूनमा भाजपा विधायक दलको बैठक बस्दैछ। बैठकबाट नयाँ मुख्यमन्त्रीको चयन हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएकाे छ।
रावतको राजीनामापछि अब नेताहरू धनसिंह रावत, सतपाल महाराज र अनिल बलुनीको नाम सम्भावित मुख्यमन्त्रीको रूपमा चर्चामा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।