Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नयाँ नियमावली अनुसार सञ्चालन भएका ४ वटा क्यासिनोको बक्यौता १ अर्ब पुग्यो

कुमारीचोकले पनि उठाउन सकेन ७ क्यासिनोको पौन २ अर्ब 
64x64
नेपाल लाइभ मंगलबार, फागुन २५, २०७७  १८:३४
1140x725

काठमाडौं- तारे होटल तथा विभिन्न ठाउँमा मिनि क्यासिनो सञ्चालन गर्दै आएका ४ वटा क्यासिनोले लामो समयदेखि सरकारलाई बुझाउनु पर्ने रोयल्टी रकम तिरेका छैनन्। क्यासिनो सञ्चालन गर्दै आएका ४ वटा कम्पनीको बक्यौता रकम मात्रै करिब १ अर्ब रूपैयाँ भइसकेको छ।

सरकारी संस्थाले पनि वार्षिक रकम जोड्दै जाने काम मात्र गरेका छन्। समयमै क्यासिनो सञ्चालन गरेवापत राजस्व र रोयल्टी ननिर्ते उनीहरुलाई केही कारबाही भएको छैन।

सरकारले क्यासिनो नियमावली २०७० जारी गर्नु अगाडि र त्यसपछि सञ्चालन भएका अधिकांश क्यासिनोबाट रोयल्टी र राजस्व रकम संकलन गर्न सकेको छैन।

पर्यटन विभागका अनुसार क्यासिनो सिएमजी क्लब (सेन्ट्रल मिडिया प्रालि) को बक्यौता रकम मात्रै १३ करोड ३९ लाख ५० हजार रूपैयाँ पुगको छ। यो कम्पनीले होटल ओपेरा महेन्द्रनगर, होटल भिश्वा वीरगञ्ज, होटल रत्ना विराटनगर र होटल प्लाटिनम काठमाडौंमा क्यासिनो सञ्चालन गर्दै आएको छ।

विभागका अनुसार क्यासिनो सिएमजी क्लबको बक्यौता रकम आर्थिक वर्ष २०७१/७१ देखि २०७६/७७ सम्मको १३ करोड ३९ लाख ५० हजार रुपैयाँ रहेको छ।

उक्त क्यासिनोले एक पटक मात्रै २ करोढ ९७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ। पुरानो रकम नतिरेको क्यासिनोले अहिले लकडाउन अवधिको १ करोड २२ लाख रुपैयाँ छुटका लागि भन्दै पुनः सर्वोच्चमा मुद्दा दायर गरेको छ।

यसैगरी, क्यासिनो ह्याप्पी आवर/मिनी (ह्याप्पी आवर प्रालि)ले पनि सरकारलाई आर्थिक वर्ष २०७३/७४ देखि क्यासिनो सञ्चालन वापतको रोयल्टी र राजस्व रकम तिरेको छैन। 

ह्याप्पी आवरको बक्यौता रकम मात्रै २१ करोड ५५ लाख रुपैयाँ छ। साथै २०७२ सालसम्मको ह्याप्पी आवरको बक्यौता रकम पनि ७ करोड ३४ लाख ६७ हजार ८२ रुपैयाँ छ। जुन रकम असुलीका लागि पर्यटन विभागले कुमारीचोक तथा केन्द्रीय तहसिलको कार्यालयमा पठाएको थियो। कार्यालयले पनि उक्त रकम असुली गर्न सकेको छैन। कुमारीचोकले ताकेता गरेको अवस्थामा केही रकम मात्रै तिरेर आलटाल गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb


यसैगरी, होटल याक एण्ड यतिमा क्यासिनो सञ्चालन गर्दै आएको गिल्ट इन्टरनेशनल प्रालिले समेत क्यासिनो सञ्चालन गरेवापत सरकारलाई तिर्नुपर्ने रकम भुक्तानी गरेको छैन। आर्थिक वर्ष २०७०/७१देखि आर्थिक वर्ष २०७६/७७ सम्मको बक्यौता रकम मात्रै ३० करोड ५८ लाख ५२ हजार ५ सय रुपैयाँ पुगेको विभागले जनाएको छ।  

साथै, होटल याक एण्ड यतिको पुरानो कुमारीचोक तथा तहसिलको कार्यालयमा पठाइएको बक्यौता रकम पनि १६ करोड ९८ हजार  ३ सय १६ रुपैयाँ छ। होटलले मुद्दा हारेपनि क्यासिनो रकम भुक्तानी गरेको छैन। 

यसैगरी, होटल र्‍याडिसनमा क्यासिनो सञ्चालन गर्दै आएको क्यासिनो र्‍याड (भेनस रिक्रियसन प्रालि)ले पनि क्यासिनो सञ्चालन वापतको २८ करोड ८० लाख रुपैयाँ रकम भुक्तानी गरेको छैन। यो रकम आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७६/७७ सम्मको हो। तर, अदालतबाट अन्तिम आदेश ल्याएर भेनसले क्यासिनो सञ्चालन गर्दै आएको छ। यो रकम असुलीका लागि कुमारी चोकमा नगइसकेको विवरण हो। 


कुमारीचोकले पनि सकेन पौने २ अर्ब रकम असुली गर्न
पर्यटन विभागले क्यासिनो सञ्चालन वापतको रकम असुली गर्न नसकेपछि रकम असुलीको लागि कुमारीचोकमा समेत विवरण पठाइसकेको छ। तर, कुमारीचोकको कार्यालयले रकम असुलीका लागि बारम्बार सूचना गरेपनि क्यासिनो सञ्चालकहरुले रकम तिरेका छैनन्।

Xtrem

Xtrem

२०७० साल अगाडिको रकम क्यासिनो सञ्चालन गरेका कम्पनीले नतिरे पनि लाइसेन्समा होटलको नामै जारी भएको हुँदा रकम तिर्नुपर्ने दायित्व होटलकै हुने भन्दै अदालतले फैसला सुनाइसेको छ। तर, पनि ७ वटा क्यासिनाले १ अर्ब ६६ करोड ७३ लाख ८४ हजार रुपैयाँ तिरेका छैनन्।

रकम असुलीका लागि कार्यालयले प्रकाशन गरेको सूचनामा नेपालमा क्यासिनो भित्र्याउने आरडी टटल समेतको नाम थियो। टटलको अमेरिकामा उपचारको क्रममा निधन भएको छ। सूचनामा पोखरामा बन्द रहेको दि फुलबारी रिसोर्टका मालिक वियुष अमात्य, अन्नपूर्ण इन्टरनेशनल प्रालिका तप्तबहादुर विष्ट, होटल याक एण्ड यतीका सञ्चालक राधेश्याम सर्राफ, होटल सोल्टी प्रालिका कार्यकारी अध्यक्ष दिनेशबहादुर विष्ट, रिक्रिएसन सेन्टर प्रालिका राकेश वाध्वा र ह्यापी आवर प्रालिका सञ्चालक सुरेन्द्रबहादुर सिंहको तिन पुस्ताको नाम सार्वजनिक गरिएको थियो। उनीहरुले न रकम भुक्तानी गरेका छन् न त कार्यालयले कारबाही नै गरेको छ।

कुन क्यासिनोको कति?
तस्वीरमा उल्लेख भएको रकम २०७२ साल अगाडि क्यासिनो सञ्चालनवापत सरकारले उठाउनु पर्ने बक्यौता रकम हो। पर्यटन विभागले २०७२ मा क्यासिनो सञ्चालनबाट रकम असुलीका लागि भन्दै कुमारीचोकसँग सहयोग मागेको थियो। कुमारीचोकले पनि रकम असुलीको प्रक्रिया थालेसँगै सबै क्यासिनो अदालतको शरणमा पुगेका थिए। अदालतको शरणमा पुगेकामध्ये मल्ल होटलमा सञ्चालन भएको क्यासिनोले पुरानो बक्याैता चुक्ता गरेको छ।

पर्यटन विभागले पनि कोसँग उक्त रकम लिने भन्दै रकम उठाउने प्रक्रिया थालेको छैन। कुमारीचोकमा पुगेको दि फुलबारी र होटल याक एण्ड यतिको मुद्दा फैसला भइसकेको छ भने अन्य क्यासिनोको मुद्दा विचाराधीन छ। मुद्दा किनारा नलागेको भन्दै सबैले अन्तरिम आदेशको भरमा क्यासिनो सञ्चालन गरिरहेका छन।

क्यासिनो नियमावली २०७२ जारी हुनु अगाडि कुनै व्यक्ति वा संस्थाले क्यासिनोको लाइसेन्स पाउँदैनथे। होटलले लाइसेन्स लिएर विभिन्न व्यक्ति तथा संस्थालाई भाडामा लाइसेन्स दिँदै क्यासिनो सञ्चालन गर्थे। नयाँ क्यासिनो नियमावली आएपछि भने क्यासिनो सञ्चालनका लागि कुनै संस्था वा व्यक्तिले पनि नेपाल सरकारले तोकेको शर्त पूरा गरेपछि लाइसेन्स पाउने व्यवस्था भयो।

जसका कारण पुराना क्यासिनो सञ्चालन गर्ने व्यक्ति तथा संस्थाले क्यासिनो सञ्चालन गरेनन् र सरकारलाई रकम पनि तिर्न छोडे। सरकारले होटलसँग बक्यौता रकमका लागि पत्र काटेपनि होटलले तिर्न मानेनन्। उनीहरु अदालतको शरणमा पुगेसँगै पुरानो सवा एक अर्ब बक्यौता रकम ५ वर्षदेखि उठ्न सकेको छैन।

‘घरबेटीले भाडामा बस्नेसँग भाडा लिने र सरकारलाई घरवहाल कर बुझाउने दायित्व भएजस्तै भाडाका क्यासिनो सञ्चालन गर्ने अनुमति दिने होटलले नै पुरानो बक्यौता रकम बुझाउनुपर्छ,’ पर्यटन विभाग स्रोतले भन्यो।

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  १८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्