काठमाडाैं– म्यानमार सैन्य कूविरुद्धको प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर थप दुई प्रदर्शनकारीको मृत्यु भएको छ।
म्यानमारको सबैभन्दा ठूलो ट्रेड युनियनले साेमबार आयोजना गरेको राष्ट्रव्यापी आम हडतालको क्रममा प्रहरीले गोली चलाएको गाेली लागेर उनीहरुकाे मृत्यु भएकाे हाे।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको तस्वीरमा म्यानमारको म्यित्किना सहरमा दुई प्रदर्शनकारी सडकमा लडिरहेको देखिएको छ। अन्य केही प्रदर्शनकारीहरु भने घाइते भएका छन्।
गत फेब्रुअरी १ मा म्यानमारको सेनाले प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिँदै कू गरेको थियो। सेनाले कू गरेसँगै म्यानमार निरन्तर राष्ट्रव्यापी आन्दोलन चलिरहेको छ। याे क्रममा हालसम्म ६१ प्रदर्शनकारीकाे मृत्यु भएकाे छ भने एक प्रजातन्त्रवादी कार्यकर्ताकाे प्रहरी हिरासतमा मृत्यु भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।