काठमाडौं– सिरियाका राष्ट्रपति बसर अल असद र उनकी श्रीमती अस्मा कोरोना भाइरसबाट संक्रमित भएका छन्।
द जेरुसेलम पोस्टका अनुसार कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गराउँदा संक्रमणको पुष्टि भएको हो।
‘सम्भावित केही लक्षणहरु देखिएपछि कोरोना परीक्षण गरिएको हो, त्यसबाट उहाँहरूमा संक्रमण रहेको देखियो,’ राष्ट्रपति कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ।
उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको र चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।