काठमाडाैं– साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा हवाई आक्रमण गरेकाे छ। गठबन्धन सेनाले आइतबार सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको हाे।
आक्रमणबाट भएका क्षतिका विवरणहरू प्राप्त भइनसकेको अरब क्षेत्रका प्रमुख टेलिभिजनहरूले बताएका छन्। इरानको निकट मानिने यमनी हुथी विद्रोहीले साउदी सहरहरूलाई लक्षित गरी आक्रमण बढाएपछि साउदी नेतृत्वले सानामा आक्रमण गरेको बताइएको छ।
यमनमा सन् २०१४ पछि चलेको गृहयुद्धका कारण यमनमा पछिल्ला केही वर्षहरूमा सरकार र विद्रोही पक्षबीच परस्पर ठूला आक्रमणहरू हुने गरेका छन्।
हुथी विद्रोहीले राजधानी साना लगायतका अन्य धेरै क्षेत्र आफ्नो कब्जामा लिएपछि साउदी अरब नेतृत्वको अरब गठबन्धनले सन् २०१५ देखि राष्ट्रपति अब्द रब्बु मन्सुर हाडीको सरकारलाई सहयोग पुर्याउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।