काठमाडाैं– पाकिस्तानमा अज्ञात हतियारधारीहरूले नौसेनाका सवारी साधनहरूमा गोली प्रहार गरेका छन्।
बुलुचिस्तानको संवेदनशील स्थल ग्वादरमा भएको आक्रमणमा दुई नौसेनाको घटनास्थलमै मृत्यु भएको र एक जना गम्भीर घाइते भएको द इकाेनाेमिक टाइम्स जनाएको छ।
‘नौसेनाका गाडीहरू ग्वादरको गञ्ज इलाकाबाट जाँदै थिए, त्यही समयमा स्वचालितसहित आएका आक्रमणकारीहरूले अन्धाधुन्द गोली प्रहार गरे। दुई नौसेना घटनास्थलमा नै मरिए। एक जनाको अवस्था गम्भीर छ। उनलाई कराचीमा उपचारका लागि पठाइएको छ,’ एक पाकिस्तानी नौसैनिक अधिकारीले भने।
सुरक्षा बलले घटनास्थललाई घेरा हालेका छन्। बुलुचिस्तानमा यो पहिलो आक्रमण होइन, यसभन्दा अघि पनि धेरै आक्रमणहरू भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।