काठमाडौं– बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन्। आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता मिथुन औपचारिक रुपमा पार्टी प्रवेशगरेका हुन।
उनी आइतबार कोलकाताको ब्रिगेड मैदान पुगेका थिए। मिथुनले त्यहाँ नै भाजपाको साधारण सदस्यता पाएका हुन्। कोलकाताको ब्रिगेड मैदानमा भाजपाका नेता कैलाश विजयवर्गीय, शिव प्रकाश, मुकुल राय लगायतका नेताहरुको उपस्थिति थियाे।
उनले पार्टीको सदस्यता लिनुका साथै खादासमेत लगाएका थिए। त्यसपछि उनले मञ्चमा भाजपाको झण्ड समेत फहराएका थिए। कुनै समयमा बंगालमा चलेको नक्सलाइट अर्थात् माओवादी आन्दोलनमा रहेका मिथुन अभिनयको क्षेत्र हुँदै राजनीतिमा प्रवेश गरेका हुन्।
यससँगै मिथुनलाई बंगालको मुख्यमन्त्री पदका लागि भाजपा उम्मेदवार बनाइने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।