काठमाडाैं– ब्राजिलमा कोरोना भाइरसका कारण एकै दिनमा थप १५ सयभन्दा बढीको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ५५५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएकाे हाे।
योसँगै ब्राजिलमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको संख्या दुई लाख ६४ हजार ३२५ पुगेको मन्त्रालयले जनाएको छ।
ब्राजिलमा एकै दिनमा ६९ हजार ६०९ जना कोरोनाभाइरसबाट संक्रमित भएको पुष्टि गरिएको छ। योसँगै कुल सङ्क्रमितको संख्या एक करोड नौ लाख ३८ हजार पुगेको छ।
दक्षिण अमेरिकी मुलुकमध्ये ब्राजिलमा मात्रै एकै दिनमा सबैभन्दा धेरैको मृत्यु भएको हो। यसअघि गत बुधबार एकै दिन एक हजार ९१० जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।