काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाइएको हो। मूल्यवृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९२ रुपैयाँ पुग्नेछ।
भारतीय बजारमा मूल्य बढेकाले समायोजन गरिएको र परिवर्तित मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।