काठमाडाैं– भारतमा जारी किसान आन्दोलन एक सयौं दिन पुगेको छ। सरकारले ल्याएको नयाँ कृषि कानूनविरुद्धको आन्दोलन एक सयौं दिन पुगेको हो।
किसानको संगठनको नेताहरुले अभियानको एक सयौं दिनको अवसर पारेर शनिबार बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म राजधानी बाहिरका मुख्य सडकहरु पाँच घण्टासम्म ठप्प पारेका थिए।
उनीहरुले राजमार्गमै खाना पकाएर खाएका थिए। उनीहरुले पाँच घण्टापछि सवारी आगमनलाई सहज पारेका छन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार आपत्तकालिन सवारी साधनहरू चल्न दिइएको थियो। तर अन्य सवारी साधनहरू भने किसानले रोकेका थिए।
गत डिसेम्बरयता भारतको दिल्लीबाहिर पञ्जाब, हरियाणा र उत्तर प्रदेशका हजारौं किसानहरु क्याम्प बनाएर सरकारको विरोध प्रदर्शन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।