काठमाडाैं– सोमालियाको राजधानी मोगादिसुस्थित एक रेस्टुरेन्टमा भएको बम बिष्फोटमा परि ज्यान गुमाउनेकाे संख्या २० पुगेकाे छ। शुक्रबार भएकाे घटनमा ३० जना घाइते भएकाे बताइएकाे छ।
सोमाली राष्ट्रिय समाचार एजेन्सीले अमीन एम्बुलेन्स सेवालाई उद्धृत गर्दै याे घटना पुष्टी गरेकाे हाे।
पुलिस प्रवक्ता सादिक अली अदनले उक्त हमलाको लागि स्थानीय अल शाबाद कट्टरपन्थी संगठन जिम्मेवार रहेकाे दावी गरेका छन्।
अल शाबादले प्रायः बम विष्फोट गरेर मोगादिसुलाई निशाना बनाउने गरेकाे छ। शुक्रबार दिउँसो बिष्फोट पदार्थले भरिएको एउटा गाडी लुल यामानी रेस्टुरेन्ट छिरेकाे थियाे।
बिष्फोटले वरपरका घरहरू पनि ध्वस्त भएकाे जनाइएकाे छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।