काठमाडाैं– अमेरिकी मुलुक पेरूका तत्कालिन राष्ट्रपति अल्वर्टो फुजिमोरीको सरकारले परिवार नियोजन गर्न बाध्य बनाएको भनी परेको मुद्दाको शनिबार अदालती प्रक्रिया सुरू भएको छ।
पेरूको एक अदालतले सन् १९९० देखि सन् २००० सम्म पेरूको राष्ट्रपति रहेका ८२ वर्षीय फुजिमोरीलाई विपक्षी बनाइएकाे छ।
जबरजस्ती भनिएको प्राय आदिवासी सहभागी उक्त बन्ध्याकरण कार्यक्रममा दुई लाख ७० हजार महिलालाई सामेल गराइएको थियो।
सरकारी तथ्याङ्क अनुसार उक्त बन्ध्याकरण शल्यक्रियाका कारण १८ महिलाले ज्यानसमेत गुमाएका थिए। पीडितहरूले सन् २०० देखि न्यायको लागि अवाज उठाईरहेका थिए।
अन्यायमा परेको बताउँदै न्यायका लागि बीस वर्षदेखि आवाज उठाउँदै आएका हजारौं गरिब तथा प्रायः आदिवासी महिलाहरूले लामो समयपछि अदालतमा सुनुवाई सुरू भएपछि न्याय पाउने आशा पलाएको बताएका छन्।
पेरूका पूर्व राष्ट्रपति अल्बर्टो फुजीमोरीले २० वर्ष पहिले गरेको निर्णयका कारण आफूहरू बाँझोपनको शिकार बन्नु परेको उनीहरुले दावी गर्दै आएका छन्।
कार्यक्रमका सहभागी तथा एक पीडित ग्लोरिया बासिलियो होयमानले एएफपीलाई बताइन्, ‘हामी न्यायको लागि २० बर्षभन्दा बढी पर्खाइमा रह्यौँ। म चाहन्छु कि उनीहरूले हामीलाई पहिचान गरून् र बलपूर्वक परिवार नियोजनका लागि गरेको कार्यका लागि सबै महिलासँग माफी मागुन्।’
यो कार्यक्रम स्वेच्छिक हुनुपथ्र्यो। तर हजारौँ महिलालाई तर्साएर दवावमा पारेर बन्ध्याकरण गराइएको उनले बताएकी छिन्।
पेरुमा महिलाको अधिकारलाई सहयोग गर्ने गैर–सरकारी संस्थाले सहयोग गरेको न्यायका लागि गरिएको अभियानमा करिब दुई हजार महिलाहरू जोडिइसकेका छन्। अभियानका कारण अहिले मुद्दा अदालतमा सुनुवाईको प्रक्रियामा पुगेकोे छ।
बन्ध्याकरण गरेका केही महिलाहरुलाई परम्परागत माचो संस्कृति भएको देशमा उनीहरूका साझेदारहरूले उनीहरूलाई भिन्न (घृणा)को दृष्टिले हेर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।