काठमाडाैं– भारतमा १८ हजार ३२७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।
कुल संक्रमित मध्ये एक लाख ८० हजार ३०४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन्। त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु भएको छ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यही मार्च ५ तारिखका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६७७ जनाको कोरोना परिक्षण गरिएको छ। ती मध्ये सात लाख ५१ हजार ९३५ जनाको परिक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सीलले जनाएको छ।
भारतमा देशभरी अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।
प्रहरीले चलाएको गोली लागेर थप एक प्रदर्शनकारीको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।