काठमाडौं– नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल स्वदेशी’बारे अभियानबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेको छ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा रहेको टोलीले राष्ट्रपति भण्डारीलाई परिसंघले सुरु गरेको अभियानबारे जानकारी गराएको हो।
छलफलमा राष्ट्रपति भण्डारीले अभियानलाई सफल बनाउन राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनुपर्ने बताएकी छन्। निजी क्षेत्र र सरकारको बीचमा औद्योगिक वातावरण र उद्योग विकासका विषयमा समान धारणा हुनुपर्ने उनले बताएकी छन्।
नेपाल उद्योग परिसंघका अध्यक्ष मोरले परिसंघले अगाडि सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आमजनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राखे।
उनले अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सिर्जना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पुर्या उने पनि उल्लेख गरे।
परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाले स्वदेशी अभियानको अवधारणा प्रस्तुत गरेका थिए। छलफलमा परिसंघको तर्फबाट निवर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघले अगि सारेको यस अवधारणालाई सरकाले स्वामित्वबोध गरी औद्योगिक वातावरण सिर्जना गर्नका लागि सघाउनु पर्ने बताए।
छलफलमा परिसंघका प्रमुख आर्थिक सल्लाहकार डा विश्व पौडेलले मेक इन नेपालको अवधारणालाई प्रस्तुत गर्दै यस अभियानले हरेक वर्ष ञ हजार उद्योग सञ्चालनमा ल्याउने लक्ष्य लिएको बताए।
उनले कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत पुर्यादउने लक्ष्य लिएको पनि उल्लेख गरे।
परिसंघले हरेक वर्ष डेढ लाख औद्योगिक रोजगारी सिर्जना गर्ने र ५ वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पुर्याउने लक्ष्य राखेर अभियान सुरु गरेको पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।