• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बाढीको जोखिम : बजेट निकासा नहुँदा राप्ती नदीको तटबन्धन निर्माण अलपत्र

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३, २०७५  ००:४०
1140x725

नेपालगन्ज- बाँकेको राप्ती नदी नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माणको काम समयमै बजेट निकासा नहुँदा अलपत्र परेको छ। नदी किनारका बस्तीहरुलाई कटान र डुबानबाट जोगाउन जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय दाङले सुरु गरेको तटबन्ध निर्माण अलपत्र परेको हो।

तटबन्धका लागि ७३ करोड ४० लाख आवश्यक भए पनि चालु आर्थिक वर्षको बैसाख मसान्तसम्म करिब १२ करोड मात्रै निकासा भएका कारण कामले गति लिन नसकेको आयोजना प्रमुख विनोदकुमार चापागाईले बताए। काम सम्पन्न भइसकेका योजनाको रकम भुक्तानी तथा लक्ष्य अनुसार तटबन्ध निर्माणको कामलाई तीव्रता दिन तत्कालै थप करिब ३० करोड आवश्यक रहेको उनले बताए। 

तटबन्ध निर्माणका लागि अर्थ मन्त्रालयले करिब ९९ करोडको सहमति दिए पनि पूर्व सिँचाइमन्त्री सञ्जय गौतमले तटबन्धका लागि छुट्याइएको करिब ४० करोड रुपैया बर्दियामा लगेपछि तटबन्धका लागि बजेट अभाव भएको उनको भनाइ छ।

निर्वाचन, सरकार परिवर्तन लगायत कारण रकम भुक्तानी समेत ढिलाइ हुँदा समस्या भएको अम्मर मल्ल जेभीका प्रोपराइटर कर्ण मल्लले बताए। काम सम्पन्न भए पनि करिब ३ करोड भुक्तानी नपाएका कारण निर्माणको काम प्रभावित भएको छ।

राप्ती नदीको कटान र डुबानको उच्च जोखिममा छ फत्तेपुरको खल्ला झगडिया। यहाँ चालु आर्थिक बर्ष २०७४/०७५ मा सुरु भएको करिब २ हजार २ सय मिटर लामो तटबन्ध निर्माणको काम २ प्रतिशत पनि पूरा भएको छैन। २० करोड ६९ लाखको लागतमा काम सुरु भए पनि समयमै बजेट नआएकाले कामले गति लिन सकेको छैन। सोही क्षेत्रको अर्को प्याकेज अन्तर्गत २६ करोड २७ लाखको लागतमा चालु आर्थिक वर्ष २०७४/०७५ मै सुरु भएको करिब २ हजार ८ सय मिटर लामो कामको प्रगति पनि करिब ३० प्रतिशत मात्रै भएको छ। 

गत आर्थिक वर्षदेखि सुरु भएको सोही क्षेत्रको करिब १६ करोड ५० लाख लागतमा सुरु भएको काममा पनि निर्माण व्यवसायीले समयमै भुक्तानी पाउन सकेका छैनन्। २ हजार ५ सय मिटर लामो तटबन्धको काम पनि करिब ६० प्रतिशत मात्रै पूरा भएको छ।

बाँकेको होलिया क्षेत्रमा ३ वटा प्याकेज अन्तर्गत करिब ९ सय मिटर लामो तटबन्ध निर्माणको कामसमेत सुस्त छ। ८ करोड २६ लाखको लागतमा निर्माण सुरु भएको करिब ९ सय मिटर लामो तटबन्धको निर्माणको काम करिब ६० प्रतिशत मात्रै पूरा भएको छ। अहिलेकै गतिमा काम हुने हो भने बर्सात सुरु हुनुभन्दा पहिले नै तटबन्ध निर्माण सकिने सम्भावन देखिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

'मन्त्री र नेताहरु बाढी र डुबानका बेला हेलिकोप्टरबाट डुबानग्रस्त क्षेत्रको भ्रमणमा आउँछन् र बजेटको कमी हुन नदिने आश्वासन दिन्छन्,' फत्तेपुरका दुर्गा पाण्डे  भन्छन्, 'बाढी सकिएपछि तिनै नेताहरु फर्किएर पनि आउँदैनन्।' बजेट अभावमा खुद्रे योजना सञ्चालन हुँदा नदी किनारका बासिन्दाले बर्सेनि डुबानको समस्या खेप्नुपरेको उनी बताउँछन्।

आर्थिक बर्ष २०७५/०७६ को अन्त्यसम्म काम सम्पन्न गर्नेगरी बहुवर्षीय ठेक्का अन्तर्गत तटबन्धनको काम भइरहेको हो। खल्ला राप्ती नदी किनारको बिनौनाको गौडदोई, फत्तेपुरको ढलैया र खल्ला झगडिया र होलियाको टेपरी क्षेत्र कटानको उच्च जोखिममा छन्। यहाँ १३ हजार ५० मिटर तटबन्ध निर्माणको काम भइरहेको छ।

Xtrem

Xtrem

बाढी र डुबानका कारण १५ वर्षयता यहाँका हजारौं बासिन्दा विस्थापित भई जंगलमा झुपडी बनाइ बस्नुपरेको छ। हरेक वर्ष यो क्रम दोहोरिइरहने होलियाका राजकुमार शुक्लाले बताए। गत वर्षको बाढीबाट बाँकेमा ८ जनाको मृत्यु हुनुका साथै ९ हजार ४ सय ८२ परिवार डुबानको चपेटामा परेका थिए। करिब ४ हजार हेक्टरमा लगाइएको खेतीबालीमा क्षति पुगेको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ००:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज १४, २०८३
चितवन-३ बाट २१ वर्षीय उमंग कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित बुधबार, असोज १४, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्