काठमाडौं- गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको वृद्धिदर ऋणात्मक देखिएको छ। अर्थतन्त्रको वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको हो।
केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको वृद्धिदर ऋणात्मक भएको जनाएको छ। विभागले कुल गार्हस्थ उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरेको छ।
यसअघि सन् २०००/२००१ लाई आधार मानेर तथ्यांक सार्वजनिक गर्ने गरिएकोमा अहिले २०१०/२०११ लाई आधार मानेर तथ्यांक तयार गरिएको छ। आधार वर्ष परिवर्तन गर्दै तयार पारिएको तथ्यांकअनुसार अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँको पुगेको छ।
केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले अर्थतन्त्रको संरचनामा परिवर्तन भएको उल्लेख गरे। पाचौं आधार वर्ष परिवर्तनपछिको पहिलो तथ्यांक सार्वजनिक भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।