काठमाडौं– लगातार उतारचढाव देखिएको सुनको मूल्य बिहीबार ओरालो लागेको छ। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार प्रतितोला ८७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ८६ हजार पाँच सय रुपैयाँ तोकिएको छ। यसैगरी, तेजाबी सुनको मूल्य पनि प्रतितोला ८६ हजार ५० रुपैयाँ कायम भएको छ।
सुनसँगै स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार १३ सयब १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।