काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रामप्रसाद आचार्यलाई दिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेत रहेका आचार्य यसअघि रक्षा मन्त्रालयमा थिए।
रक्षा मन्त्रालयबाट केही दिनअघि उनको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो। उनीसँगै ऊर्जा मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय गएका शिवलाल तिवारी विभागको उपमहानिर्देशक भएका छन्।
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक दीर्घराज मैनालीको अर्थ मन्त्रालयमा सरुवा भएपछि त्यहाँ महानिर्देशक रिक्त थियो। मैनालीलाई अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।