काठमाडाै–मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार भने बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबारका लागि सुनको मूल्य प्रतितोला ८७ हजार ५ सय रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावको प्रभाव नेपालमा पनि परेको हो।
बुधबार चाँदीको मूल्य २५ रूपैयाँ बढेको छ। मंगलबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।