काठमाडाै–नेपाली बजारमा मंगलवार सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घटेको छ।
सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै सोमवार ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ८६ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।