काठमाडौं– प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामाले सार्वजनिक मुद्दाहरु तल्लो वर्गका मानिसलाई मात्रै लाग्ने गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
‘सार्वजनिक सुरक्षा ऐनको सिकारी सबै तल्लो वर्गका मानिस भइरहेका छन्,’ लामाले भने, ‘तर माथिल्लो वर्गका मानिसले अपराध गर्दा पनि सो ऐन अन्तर्गत आउँदैनन्।’
आज संसदमा धारणा राख्दै लामाले हामी समृद्धिको कुरा गरिरहेको तर हाम्रा जेलहरु सबै कैदीले भरिएको भन्दै असन्तुष्टि जनाए। लामाले प्रश्न गरे, ‘यो राज्य नर्क हो कि के हो?’
निमुखा मानिसहरु मात्रै पर्ने र पुलिसले मन नपर्ने बित्तिकै मुद्दा लगाउने भएकाले सार्वजनिक सुरक्षा ऐन खारेज गर्न माग गरे।
संसदमा बोल्दै उनले हुम्लामा सडक निर्माणको लागि काम भइरहेको र त्यसका लागि विस्फोटक पदार्थ आवश्यक भएकाले नेपाल सरकारको ध्यान जाओस् भन्ने आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।