काठमाडौं- १ रुपैयाँ दरका ३० करोड सिक्का छपाई तथा आपूर्तिको ठेक्का पोल्याण्डको कम्पनी मेन्निका पोल्स्काले पाएको छ।
सिक्का छपाई तथा आपूर्तिका लागि नेपाल राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रमा यो कम्पनीले ५१ लाख १५ हजार युरो (सोमबारको विदेशी मुद्रा विनियम दर अनुसार ७२ करोड ७९ लाख ६६ हजार ८ सय रुपैयाँ) बराबरको प्रस्ताव हालेको हो।
मेन्निका पोल्स्का पोल्याण्डको एकमात्र सिक्का छपाई गर्ने कम्पनी हो। यो कम्पनीले १ रुपैयाँ दरका सिक्काको डिजाइन, निर्माण र आपूर्तिसमेत गर्नेछ। यसरी हेर्दा १ रुपैयाँ दरको सिक्काको लागत प्रतिसिक्का २ रुपैयाँ ४२ पैसा बराबर रहने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।