काठमाडाैं– नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ८८ हजार ३ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको हाे।
त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ८ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने सोमबार ८८ हजार २ सय ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यता चाँदीको मूल्य पनि प्रतिताेला ५ रुपैयाँले बढेकाे छ। आइतबार प्रतितोला १३ सय २५ रुपैयाँ भएकाे चाँदी आज १३ सय २५ रुपैयाँमा काराेवार भइरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।