विराटनगर– ‘घरेलु मदिरा नियन्त्रण अभियान’ अन्तर्गत विराटनगर–१५ बाट प्रहरीले २ सय लिटर मदिरा नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय रानीको टोलीले होटल, भट्टी तथा मदिरा पसलहरु चेकजाँच गरी अवैध मदिरा नियन्त्रण गरेको हो। प्रहरीले अवैध घरेलु मदिरा उत्पादक र बिक्रेतालाई पनि सचेत गराएको छ।
यसैगरी, गैरकानुनी रुपमा भारत निकासी हुँदै गरेको १ सय १८ बोतल मदिरा समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ।
निकासी हुँदै गर्दा बरामद गरिएको मदिरा आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।