काठमाडौं- अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। भन्सार विभागको महानिर्देशकमा यामलाल भुसाललाई पठाइएको छ भने भन्सार महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय फर्किएका छन्।
भुसाल यसअघि मन्त्रालयकै आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख थिए। उनको ठाउँमा सहसचिव डा रामप्रसाद घिमिरेलाई ल्याइएको छ। घिमिरे मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख थिए। उनको ठाउँमा भन्सारबाट फर्किएका दाहाल बस्नेछन्।
यसैगरी बिहीबार अर्थ मन्त्रालय आएका सहसचिव दीर्घराज मैनालीलाई वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख बनाइएको छ। उनीसँगै अर्थ आएका आनन्द काफ्ले आन्तरिक राजस्व विभागको उपमहानिर्देशक भएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख सहसचिव शम्भु मरासिनी पनि आन्तरिक राजस्व विभागको उपमहानिर्देशक भएका छन्। उनको ठाउँमा लक्ष्मी निरौला गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।